इ तनहुँ संवाददाता
तनहुँ, मंसिर ८
श्रीकृष्ण द्वैपायन व्यास जन्मभूमि दमौलीमा महर्षि वेदव्यासको विश्वकै अग्लो मूर्ति निर्माण गर्ने उद्देश्यले आयोजना गरिन लागिएको महायज्ञको प्रचारप्रसार तीव्र पारिएको छ । बिहीबारबाटै बजारमा महायज्ञको प्रचारप्रसारका लागि तुल व्यानर टाँस्ने कार्य थालिएको महायज्ञ मूल समारोह समितिले बिहीबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मूल समारोह समितिका संयोजक देवनीधि पन्तले बताए ।
आगामी मंसिर १३ गते देखी चल्ने महायज्ञबाट आर्थिक संकलन गरी वेदव्यासको १०८ फिटको मूर्ति स्थापना गरिने लक्ष्य लिईएको छ । मूर्ति स्थापनाको लागि २० करोड लाग्ने अनुमान समितिले गरेको छ भने महायज्ञमा ३ करोड रुपैयाँ दान संकलन गरिने लक्ष्य लिई्रएको प्रचारप्रसार संयोजक मदन पण्डितले बताए ।
महायज्ञ मूल समारोह समितिका संयोजक पन्तको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा व्यासका अध्येता काशीनाथ न्यौपाने शान्ति स्वरुपानन्द दामोदर बाबा महायज्ञ सफल पार्न सबै लाग्नुपर्नेमा जोड दिए ।
महायज्ञको प्रचारप्रसार तीव्र
0 comments
Write Down Your Responses