एचआई भि संक्रमित बालबालिकालाई सहयोग

हरि बहादुर सारु मगर
पाल्पा , मंसिर ८
जिल्ला बालकल्याण समिति पाल्पाले ८ जना एचआइृभि संक्रमित बालबालिकालाई शैक्षिक सामग्री र लगाउने लुगा सहयोग गरेको छ ।
स्विटर, झोला र स्टेशनरी सहयोग पाउनेहरुमा एचआईभि संक्रमित बालबालिकाहरु प्रदिप ठड्राई, विष्णु राना, रमेश सापकोटा, बर्षा पाण्डे, मिलन खड्का, एलिना रेश्मी, सृष्टी कुवर र पदमा रेश्मी रहेका छन् । उक्त सहयोग बालकल्याण अधिकारी चमेलीदेवी श्रेष्ठले एचआईभिसम्बन्ध िकाम गर्ने संस्था प्रतिबद्धता समूह पाल्पाकी सचिव लक्ष्मी कुवरलाई हस्तानतरण गर्नु भयो । यस्तै टाउकोको अप्रेशन गर्नु पर्ने मित्याल गाविसका ८ महिनाको खगेन्द्र सुनारीलाई पनि दुई हजार रुपैयाँ सहयोग गरेको बालअधिकार अधिकृत हरि बहादुर सारुले जानकारी गराउनु भयो । जिल्ला बालकल्याण समितिले विभिन्न कारणले जोखिममा परेका र असाहय तथा अनाथ बालबालिकालाई समय समयमा यसरी नै सहयोग गर्दै आईरहेको छ ।

0 comments

Write Down Your Responses