द्रोश्रो खेलकुद महोत्सव २०६८ शुरु
इ तनहुँ संवाददाता
तनहुँ मंसिर ८
नेशनल प्याबसन तनहुँको आयोजनामा बिहीबारदेखी दमौलीमा द्रोश्रो खेलकुद महोत्सव शुरु भएको छ । दुई दिने खेलकुद महोत्सवको उद्घाटन गर्दै नेशनल प्याबसनकी केन्द्रिय अध्यक्ष गीता राणाले खेलकुद क्षेत्रबाट समेत विद्यार्थीको बौद्धिक क्षमतामा सहयोग पुग्ने बताइन् ।
नेपालको शैक्षिक क्षेत्रको विकासका लागि सबै क्षेत्रले आ-आफ्ना तर्फबाट सहयोग गर्नुपर्ने भन्दै नेशनल प्याबसन तनहुँले जिल्लाका विद्यालयसंग गरेको सहकार्य उदाहरणीय रहेको बताइन् ।तनहुँ मंसिर ८
नेशनल प्याबसन तनहुँको आयोजनामा बिहीबारदेखी दमौलीमा द्रोश्रो खेलकुद महोत्सव शुरु भएको छ । दुई दिने खेलकुद महोत्सवको उद्घाटन गर्दै नेशनल प्याबसनकी केन्द्रिय अध्यक्ष गीता राणाले खेलकुद क्षेत्रबाट समेत विद्यार्थीको बौद्धिक क्षमतामा सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा बोल्दै नेशनल प्याबसनका सस्थापक महासचिव अर्जुन अधिकारीले शिक्षा क्षेत्रको तल्लो तहदेखी माथिल्लो तहसम्म निस्वार्थ ढंगबाट काम गर्नुपर्ने बताए । उद्घाटन कार्यक्रममा एन प्यावसनका उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई महासचिव ऋतुराज सापकोटा केन्द्रिय सदस्य त्रय तिलक बहादुर चौहान याम बहादुर खड्का र कुस्मीला आचार्य प्रशासकीय कमल रानाभाट जिल्ला शिक्षा अधिकारी दीलनाथ पुरी लगायतले मन्तव्य व्यक्त गर्दै शिक्षा क्षेत्रको विकासमा सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
नेशनल प्याबसन आबद्ध जिल्लाका ४५ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको खेलकुद महोत्सवमा लंग जम्प सय मिटर दौड ४ सय मिटर रिले दौड सट पुट भलिबल लगायतका खेलकुद संचालन हुने खेल संयोजक दिपेश निरौलाले बताए । भलिबल प्रतियोगिताका विजयी समुहलाई रनिङ्ग शिल्डको व्यवस्था गरिएको आयोजकले जनाएको छ । दुई दिने खेलकुद महोत्सवको उद्घाटन सत्रको सभापतित्व जिल्ला अध्यक्ष सहदेव अधिकारी गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष रणिसंह नेपालीले गरेका थिए ।
0 comments
Write Down Your Responses