स्वामीले सडकमा चकलेट फाल्दा (फोटो फिचर)
दमौली बजारको परिक्रमा गर्दै स्वामी हरिदास जीसंगै भक्तजन । |
शब्द /तस्बिर : समुन्द्र पौडेल
केही दिनदेखी सदरमुकाम दमौली बजार राधे राधे मय भएको छ । जगतगुरु श्री कृपालु जी महाराजका प्रचारक स्वामी हरिदास जीको दमौलीमा दुई साता लामो प्रवचन पश्चात सदरमुकामका सरकारी कार्यालयका कर्मचारी व्यापारी सर्वसाधारणमा राधे राधेको भावना बढेको हो ।

कार्तिक २५ गतेदेखी शुरु भएको प्रवचन बुधबार सकिएपछि जगतगुरु कृपालु जीका नेपाल प्रचारक स्वामी हरिदासले दमौली बजारको परिक्रमा गरे । परिक्रमा पश्चात स्वामीले व्यास-२ सत्यवती उच्च माध्यमिक विद्यालय नजिकैको चार आना क्षेत्रफलको जग्गामा राधा माधव समिति नेपाल तनहुँ शाखाको साधना भवनको शिलान्यास गरे ।
चकलेट पाउन एक अापसमा लड्रदै गरेका भत्तजन । |
उक्त जग्गा शाहिकालीन महिला मन्त्री दुर्गा श्रेष्ठले समितिलाई दान गरेकी हुन् ।
बजार परिक्रमा पश्चात हरिदासले व्यास-२ परासरमार्गदेखी महर्षी मार्ग जाने बाटोमा स्थापना गरिएको श्री राधा माधव समिति नेपाल तनहुँ शाखाको कार्यालय उद्घाटन गरे । उद्घाटन पश्चात स्वामीले प्रसाद भन्दै चकलेट सडकमै फाले । र् यालीमा सहभागी ५ सय भन्दा बढि भक्तजन विच चकलेट पाउन होडबाजी चल्यो । भक्तजनले समात्न नसकेको चकलेट सडकमा खस्यो । सडकमा खसेको चकलेट समेत भक्तजनले उठाए ।
चकलेटका लागि भएको धकेलाधकेलमा थुपै बालबालिका र महिला सडकमै लडे । दमौलीकी पार्वती श्रेष्ठले कानमा लगाएको सुनको टप समेत हरायो ।

चकलेट फाल्दै स्वामी हरिदास जी । |
0 comments
Write Down Your Responses