प्रचण्ड, माधवकुमार र सुशिला विरुद्ध मुद्दा हाल्नुपर्छ : मन्त्री गौतम

इ तनहुँ संवाददाता
तनहुँ मंसिर ८
भूमीसुधार तथा व्यवस्था मन्त्री भीमप्रसाद गौतमले द्वन्द्वकालका अपराध विरुद्ध किटानी मुद्दा दर्ता गर्ने हो भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमाले नेता माधवकुमार नेपाल र काग्रेस सभापति सुशिल कोइराला विरुद्ध समेत मुद्दा हाल्नुपर्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बिहीबार मन्त्री गौतमले माओवादी सभाषद बालकृष्ण दुङेललाई सफाई दिनुपर्ने बताए । द्धन्द्धकालमा भएको हत्या उनले व्यक्तिगत रिसिबिका कारण नगरेको उनले दाबी गरे । 'द्वन्द्वकालका सबै घटनाका विरुद्ध मुद्दा हाल्ने हो भने अधिकांश नेता मुछिन्छन् ।' उनले भने, 'प्रचण्ड माधकुमार नेपाल र सुशिल कोइराला बिरुद्ध समेत मुद्दा हुन्छ ।'
'बालकृष्ण दुङेलले व्यक्तिगत कारणले हत्या गरेका होइनन।' उनले भने, 'हत्याको जिम्मेबारी पार्टीले लिनुपर्छ ।' विगतको द्धन्द्धकाललाई फर्किएर हेन नहुने भन्दै उनले भने, 'विगततर्फ फर्किदा नेपाली राजनीतिका धेरै नेताहरु बालकृष्ण दुङ्गेल हुन्छन् ।'
नेपाली राजनीतिको चुनौतीपूर्ण घडीमा आफूले भुमीसुधार मन्त्रीको जिम्मेबारी पाएको भन्दै उनले आफ्नो कार्यकालमा भुमी सम्बन्धी केही नयाँ नीति जारी गर्ने बताए । 'धान फल्ने ठाउँमा घर बाँझो बारीमा सिचाई गर्ने परिपाटी छ ।' उनले भने, 'त्यो अन्त्यका लागि छिट्टै भु-उपयोग नीति लागु गर्दैछौ ।'
नयाँ भु-उपयोग नीतिमा सार्वजनिक जग्गामा निर्माण भएका विद्यालय क्याम्पस अस्पताल लगायतका सरकारी संरचनालाई नै उपलब्ध गराउने अतिक्रमित सार्वजनिक जग्गाको संरक्षण गर्ने द्वन्द्वकालमा माओवादीले कब्जा गरेका जग्गा फिर्ता गर्ने मोही र जग्गाधनी बिच सहजीकरण गरेर अगाडी बढ्ने गौतमले बताए ।

0 comments

Write Down Your Responses