शान्ति वर्षबाट एसएलसी दिएका विद्यार्थीलाई बिदाई



इ तनहुँ संवाददाता
तनहुँ चैत्र १९
एसएलसी परिक्षा सकिएपछि दमौली स्थित शान्ति वर्ष उच्च माध्यमिक विद्यालयको भुपु विद्यार्थी माचले आइतबार विद्यार्थीलाई बिदाई गरेको छ ।
बिदाई कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृषराज श्रेष्ठले एसएलसी परिक्षा पश्चात विद्यार्थीहरुमा थप जिम्मेबारी थपिएको भन्दै आफ्नो भविष्य प्रति सजग रहन विद्यार्थीहरुलाई आग्रह गरे । 
विद्यालयका संरक्षण डम्बरदेव कैनीले प्रवेशिका परिक्षा दिएका विद्यार्थीलाई विद्यालयले विदाई गरेको नभई पदोन्नती मार्फत भुपु विद्यार्थी माचमा पठाएको बताए । उनले एसएलसी उत्तिर्ण भएपछि आफ्नो अध्ययनलाई निरन्तरता दिन माचमा आबद्ध दाजु दिदीहरुसंग सरसल्लाह गर्न समेत विद्यार्थीलाई आग्रह गरे । 
भुपु विद्यार्थी माचका अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षतामा सम्पन्न बिदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुकुमार श्रेष्ठ भुपु विद्यार्थी रामजी भट्टराई बिकल श्रेष्ठ शिक्षक बिमला सेढाई अभिभावक बलभद्र श्रेष्ठ कक्षा ९ का छात्रा सन्जु कैनी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
विद्यालयका तर्फबाट एसएलसी परिक्षामा सहभागी ३७ विद्यार्थीलाई अबिर खादाँ सहित मायाको चिनो प्रदान गरेर विदाई गरिएको विद्यालयका पि्र_िन्सपल ठाकुरप्रसाद कैनीले बताए । बिदाई कार्यक्रमको संचालन विद्यालयका सहायक पि्र_िन्सपल खेमलाल श्रेष्ठले गरेका थिए । 

0 comments

Write Down Your Responses