हकर बनेर दर्शक हसाए पौडेल र केशीले
![]() |
हाँस्य कलाकार द्वय शिवहरी पौडेल र किरण के।शी शनिवार तनहुँको खैरेनीटार महोत्सपमा पत्रिका वितरकको अभिनय गरेर दर्शकलाई मनोराजन दिदै । |
समुन्द्र पौडेल
तनहुँ चैत्र ११
'लौ आयो आजको ताजा खबर' झुत्रो र टालेको दौरा सुरवालमा पत्रिका बेच्ने मान्छेको अभिनय गर्दै हास्य कलाकार शिवहरी पौडेल शनिवार झुत्रो र टालेको दौरासुरवालमा खैरेनीटार महोत्सवमा पुगे । उनलाई साथ दिदै थिए हास्य टेलिश्रृखला जिरे खुसा्रनीका अर्का कलाकार किरण के।शी ।
माचमा हकर बनेर पौडेलले पत्रिका बेच्न थालेपछि अर्काे तिरबाट नेपाली ढाका टोपी लगाएर किरण के।शी कराउदै मन्चमा आए, 'लौ आयो नयाँ पत्रिका'
चौथो खैरेनीटार महोत्सवको दोश्रो दिन शनिवार पत्रिका वितरक हकर बाट अभिनय शुरु गरेका उनीहरुले प्रहसनको क्रममा नेपालका नेताहरुलाई समेत व्यङ्ग्य गरे । 'नेपाली नेताहरु सधै सुखमा बसिरहेका छन्' शिवहरीले भने 'जनतालाई सधै दुखको दुख ।'
'जनतालाई अन्धकारमा नराखे नेतालाई कसरी उज्यालो मिल्छ' शिवहरीले थपे 'जनतालाई अशान्तिमा नराखे नेतालाई कसरी शान्ति मिल्छ ' पेट्रोलियम पदार्थ लोडसेडिङ आन्दोलन जनतालाई दिएर ६०१ सभाषद ढुक्कसंग बसेको किरण के।शीले बताए ।
हकरको भुमिकामा उत्रिएका दुई मध्ये किरण केशीले हातमा कट्टु समेत लिएका थिए । 'त्यो कट्टु चाँही कसको लागि नी' शिवहरीको प्रश्न खस्न नपाउँदै किरणले उत्तर फर्काए 'छोटो कपडा लगाउने रेखा थापालाई ।'
'हामीले यो व्याङ्ग्य नेताहरुलाई नै गरेका हौ' प्रहसन पछि इ तनहुँसंगको भेटमा किरण के।शीले भने 'सधै व्याङ्रय गर्दा पनि हाम्रा नेता कहिल्यै सपि्रदैनन् ।' उनीहरुले अभिनयको क्रममा नेपाली राजनीतिक संगै नेपाली चलचित्रका कलाकारमाथी समेत व्याङ्ग्य गरेका थिए ।
'नेपाली जनताले गरिब र दुख सहेर बसेका छन्' भेटमा शिवहरीले भने 'जसका कारण हाम्रा नेताहरु धनी र सुखी भएका छन् ।' महोत्सवमा शनिवार प्रजापति पराजुली चोलेन्द्र पौडेल जीवन दाहाल गोमा क्षेत्री लगायतले गीत प्रस्तुत गरेको राष्ट्रिय कलाकार व्यवस्थापन समितिका संयोजक सुजन श्रेष्ठले बताए । चैत्र २० गतेसम्म संचालन हुने महोत्सवमा आइतबार मन्जु गुरुङ दिपक खड्का गोमा क्षेत्री लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
0 comments
Write Down Your Responses