बसको ठक्करबाट बालिकाको मृत्यु


इ तनहुँ संवाददाता
तनहुँ चैत्र ११
पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको जामुनेमा शनिवार बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको ना ३ ख ८१०१ नम्बरको बसले जामुने -७ धयरेमा १३ वर्षिया आकृति वि.क. लाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

ठक्करबाट घाइते भएकी वि.क.को उपचारको क्रममा पोखरा स्थित चरक अस्पतालमा मृत्यु भएको हो । दुर्घटना पश्चात स्थानीय बासिन्दाले पृथ्वी राजमार्ग एक घण्टा अबरुद्ध पारेका थिए । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

0 comments

Write Down Your Responses