विद्युत सर्ट भई ३ घरमा आगलागी
इ तनहुँ संवाददाता
तनहुँ चैत्र १४
तनहुँ चैत्र १४
विद्युत सर्ट भई मंगलबार तनहुँका ३ घरमा आगजनी भएको छ । केशवटार ३ ठिन गाउँमा आगलागी हुदाँ स्थानीय बल बहादुर थापा कमल बहादुर थापा र नरमाया थापाको घर ध्वस्त भएको हो ।
घरमा कोही नभएको समयमा विद्युत सर्ट भई बल बहादुरको घर आगजनी भएपछि सोही आगोले कमल बहादुर र नरमायाको घरमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आगजनीबाट मानवीय क्षती नभएपछि तिनै परिवारको लत्ता कपडा अन्नपात चौपाया सहित घर जलेर ध्वस्त भएको छ ।
घर आगजनी पछि ३ परिवार गाउँलेको घरमा आश्रय लिएर बसेका छन् । गाउँलेले मंगलबार नै प्रत्येक घरबाट ३/३ माना चामल संकलन गरेको र बुधबार गाउँमा आर्थिक संकलन गर्ने कार्यक्रम तय गरेको स्थानीय चन्द्र बहादुर थापाले जानकारी दिए ।
0 comments
Write Down Your Responses