ट्रक जलेर ध्वस्त
इ तनहुँ संवाददाता
तनहुँ, फागुन २०
विजुलीको तार छुदाँ शनिवार साँझ तनहुँको दुलेगौडामा एउटा ट्रक जलेर ध्वस्त भएको छ । काठमाण्डौबाट दुलेगौडा स्थित एक पसलमा समान झार्ने क्रममा ना. ३ख ५७५ नम्बरको ट्रक जलेर ध्वस्त भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
ट्रकबाट फ्रिज झार्ने क्रममा ट्रकले विजुलीको तार छुदाँ ट्रक जलेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरिक्षक हरि प्रसाद शर्माले बताए । दुलेगौडा ६ विपी चोक स्थित एसके साउण्ड सिस्टममा फ्रिज झार्ने क्रममा ट्रकमा आगलागी भएको र ७ थान फ्रिज सहित ट्रक जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
0 comments
Write Down Your Responses