रानीपोखरीमा एमालेको सभा


इ  तनहुँ संवाददाता
तनहुँ, फागुन २०
नेकपा एमाले रानीपोखरी गाउँ कमिटिको आयोजनामा शनिवार रानीपोखरीमा वडा स्तरीय सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देलले एमालेले अन्य राजनैतिक दलहरुले झै जनतालाई झुट्टो आश्वासन नदिने गरेको बताए ।
रानीपोखरी गाउँ कमिटिका अध्यक्ष जमानसिंह गुरुङको अध्यक्षतामा सम्पन्न भेलालाई नेकपा एमालेका पुर्व जिल्ला सचिव प्रतापलाल श्रेष्ठ, सचिवालय सदस्य राजेश्वर ढकाल, जिल्ला कमिटि सदस्य मनमाया श्रेष्ठ, रामचन्द्र सापकोटा क्षेत्रीय सदस्य गञ्जसिंह गुरुङ, सेतीमाया गौतम लगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रम संचालक समेत रहेका धनञ्जय गैह्रेले जानकारी दिर्ए । 
रानीपोखरी वडा नं. ६,७ र ८ वडाका झण्डै ५ सय सर्वसाधारणको सहभागीता रहेको भेलामा विभिन्न पार्टीमा आबद्ध २ सय जना एमालेमा प्रवेश गरेको नेकपा एमाले रानीपोखरी गाउँ कमिटिले जनाएको छ ।

0 comments

Write Down Your Responses