गजरकोट गाविस खुला दिशामुक्त
इ तनहुँ संवाददाता
दमौली, माघ २७
तनहुँको गजरकोट गाउँ विकास समितिलाई खुलादिशामुक्त घोषणा गरिएको छ । गाविसमा रहेका १ हजार २ सय २९ घरधुरीमा शौचालय बनेपछि गाविसलाई बिहीबार खुलादिशामुक्त घोषणा गरिएको हो । खुला दिशामुक्त अभियानपूर्व ५ सय ६२ र अभियानको क्रममा ६ सय ६७ घरधुरीमा शौचालय निर्माण भएको हो । गजरकोट खुला दिशामुक्त २७ औं गाविस हो ।
गजरकोट–८ स्थित विष्णु निमाविको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच खानेपानी तथा सरसफाईमा डिभिजन कार्यालयका डिभिजन इन्जिनियर चन्द्रबहादुर केसीले गाविसलाई खुला दिशामुक्त घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै उनले आनीबानीमै स्वास्थ्य सम्बन्धी सुधार गरे मात्रै खुला दिशामुक्त घोषणाले सार्थकता पाउने बताए ।
गाविस सचिव बलराम गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य ताराराज राना, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य होमबहादुर थापा, सरस्वती सिग्देल, एकीकृत नेकपा माओवादीका विश्वनाथ लामिछाने, रामराज श्रेष्ठ, नेपाल शिक्षक युनियनका धु्रवराज सिग्देल, नेपाली कांग्रेसका लेमबहादुर थापा, एमालेका दानबहादुर शाही, माओवादीका चेतनारायण श्रेष्ठ, जिविसका श्रीराम खनाल, शंकर उच्च माविका शिक्षक दामोदर लम्साल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन विष्णु निमाविका शिक्षक रामचन्द्र खनालले गरेका थिए । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । अभियानमा नेपाल रेडक्रस सोसाइटी गजरकोट उपशाखाले प्राविधिक सहयोग गरेको थियो ।
तनहुँलाई २०६९ असार मसान्तसम्म खुलादिशामुक्त जिल्ला घोषणा गर्ने अभियानका क्रममा जिल्ला विकास समितिले २७ गाविसलाई खुलादिशामुक्त घोषणा गरिसकेको छ । हालसम्म तनहुँका बन्दिपुर, कोटा, भानुमति, रिस्ती, बैदी, देवघाट, धरमपानी, बसन्तपुर, स्याम्घा, थप्रेक, आँबुखैरेनी, खैरेनीटार, फिरफिरे, राईपुर, माझकोट, कोटदरवार, छिपछिपे, पुरकोट, घाँसीकुवा, बरभञ्ज्याङ, साभुङभगवतीपुर, राम्जाकोट, देउराली, छिम्केश्वरी, अरुणोदय, किहुँ र गजरकोट गाविस खुलादिशामुक्त घोषणा भैसकेका छन् ।

0 comments
Write Down Your Responses