आकाशमै अलमलिए पर्यटनमन्त्री

इ तनहुँ संवाददाता 
दमौली, माघ २९
पर्यटनमन्त्री विष्ट चढेको हेलिकप्टर

    पर्यटन तथा नागरिक उड्डनमन्त्री लोकेन्द्र विष्ट मगर शनिबार केही बेर आकाशमै अलमलिए । तनहुँको दुई कार्यक्रममा सहभागी हुन हेलिकप्टरमा आएका उनी कार्यक्रम स्थलको बारेमा जानकारी नपाउँदा केही बेर आकाशमै अलमलिन पुगेका हुन् ।
    तनहुँको व्यास–६, चिन्तुटारमा आयोजना गरिएको कार्यक्रमस्थल थाहा नपाउँदा मन्त्री विष्ट सवार हेलिकप्टर वेलचौतारा पुगेर फर्किएको थियो । केही बेरपछि मात्र कार्यक्रम स्थल पत्ता लागेपछि मन्त्री ढुक्क भएका थिए ।
    मन्त्री विष्टले चिन्तुटारमा बन्न लागेको खेलकुद मैदान र दरै राष्ट्रिय मुक्ति मोर्चाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गरे । डेढ लाख रुपैयाँ खर्च गरेर मन्त्री विष्ट हेलिकप्टरमा आएका थिए ।
    ‘समय थोरै भएकाले हेलिकप्टरमा आउनुप¥यो,’ उनले मन्तव्यमा भनेका थिए, ‘मलाई छिट्टै जानुछ, जति धेरै बेर यहाँ बसे त्यति धेरै खर्च हुन्छ ।’ फिस्टेल एयरको हेलिकप्टरमा आएका उनी करिब एक घण्टा बसेका थिए । मन्त्रीको कार्यव्यस्तता भन्दै आयोजकले सुरुमै मन्त्री बोल्ने व्यवस्था मिलाएका थिए । ‘म यहाँ आउँदा करिब डेढ लाख खर्च भएको छ,’ उनले भने ।

0 comments

Write Down Your Responses