तनहुँ कारागार भित्र झडप, चमेना गृह संचालक घाइते

आन्दोलनरत बन्दीहरु । 

समुन्द्र पौडेल
तनहुँ, फागुन ३
कारागार भित्रको चमेना गृहमा मनपरी शुल्क असुल्ने गरेको भन्दै तनहुँ जिल्ला कारागारका बन्दीहरुले बुधबार बिहान चमेना गृहका संचालक बन्दी दिपक वि.क.माथी कुटपीट गरेका छन् । कुटपीटबाट नाकको नथ्थी फुट्नुका साथै, खुट्टा र ढाँडमा चोट लागेका वि.कको दमौली अस्पतालमा उपचार भईरहेको छ । 
४ महिना अघि विरगञ्ज कारगारबाट जेल सरुवा भएर आएका नविन श्रेष्ठ र किसन गुरुङले वि.कमाथी कुटपीट गरेका हुन् । चमेना गृहका संचालकले परिवारले ल्याएको खानेकुरा फिर्ता पठाउने, खाजा र चियालाई महङो मुल्य लिने, भनेजती पैसा नदिए कुट्ने गरेपछि आफूहरुले उनीमाथी कुटपीट गरेको श्रेष्ठले बताए । कुटपीट गर्ने श्रेष्ठ र गुरुङ विरगञ्ज कारगारबाट स्थानान्तरण भएका लागु औषध दुव्र्यसनीका थुनुवा हुन् । कारागारका बन्दीहरुले बन्दी नाइके र आन्तरिक प्रशासन विरुद्ध समेत नारावाजी गरेका थिए । 
बन्दीहरुले बन्दी नाइके प्रेम परियारलाई परिर्वतन गर्नु पर्ने लगायतका माग राखेका छन् । लागु औषधमा पक्राउ परेका व्यक्तिहरुले घाँउ सुकाउन प्रयोग गरिने नकोब र खोकीको औषधीलाई मिलाएर लागु औषधको रुपमा प्रयोग गर्ने थाहा पाएपछि बन्दी नाइके र कारागार प्रशासनले केही समयदेखी कारागारमा दुबै औषधीको प्रयोगमा कडाई गरेपछि विवाद उत्पन्न भएको बन्दी
दमौली अस्पतालमा उपचार गराउँदै दिपक वि.क ।

नाइके परियारले बताए । 
‘बन्दीहरुले दैनिक रुपमा दुबै औषधी धेरै माग्न थाले,’परियारले भने,‘लागु औषध बन्न जानकारी पाएपछि दुबै औषधीलाई कडाई गरिएको हो ।’ कारागारका बन्दीहरुले कारागार प्रशासनलाई कुनै जानकारी नगराई बुधबार बिहान एक्कासी नारावाजी र कुटपीटमा उत्रिएको कारागार प्रमुख तिर्थ खनालले बताए । ‘हिजो (मंगलबार) मात्रै बन्दीसंग पुनरावेदन अदालतका न्यायधिसले भेटघाट गर्नुभएको थियो,’ उनले भने, ‘बिहान मात्रै जानकारी पाएपछि दौडिए ।’
कारागारका बन्दीहरुले चर्काे नारावाजी गरेपछि तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेल र प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलको टोली कारागार पुगेर बन्दीसंग छलफल गरेका थिए ।

0 comments

Write Down Your Responses