६५ हजार दर्शकद्वारा महोत्सव अवलोकन, आज सुगम र इन्दिरा आउने

इ तनहुँ संवाददाता 
दमौली, माघ २०

    डुम्रेमा जारी प्रथम डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव २०६८ मा सातौ दिन बिहीबार ५ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । महोत्सवमा ७ लाख बराबरको कारोवार भएको छ । यससँगै महोत्सवमा ८७ लाखको कारोवार र ६५ हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएका छन् ।
    महोत्सवमा बिहीबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनी, गायिका सकुन्तला थापाले आ–आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । त्यस्तै आज पप गायक सुगम पोखरेल र गायिका इन्दिरा जोशीले महोत्सवमा आफ्नो प्रस्तुती दिनेछन् । त्यस्तै शनिबार गायिका माण्डवी त्रिपाठी र गायक रुपक डोटेलले सांगितिक प्रस्तुती रहने राष्ट्रिय कलाकार व्यवस्थापन संयोजक सुनिल श्रेष्ठले बताए ।
    महोत्सवमा १ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र १ करोड ७० लाखको आर्थिक कारोबार हुने लक्ष्य लिईएको छ । डुम्रे तथा यस वरपरको पर्यटकीय स्थल तथा संस्कृतिको प्रचारप्रसार र जगेर्ना गर्ने उद्देश्यले तनहँु उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईको आयोजनामा गत शुक्रबारदेखि महोत्सव आयोजना गरिएको हो । महोत्सव माघ २२ गते सम्म चल्ने छ ।

0 comments

Write Down Your Responses