धुर्मुस–सुन्तली हेर्न दर्शकको ओइरो


इ तनहुँ संवाददाता  
तनहुँ, १८ माघ

हास्य टेलिशृंखला मेरी बास्सैका चर्चित हास्य दम्पत्ति सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ लाई आँखैअगाडि देख्दा बन्दिपुर–४ का राजु थापा पेट मिचीमिची हाँसे । धुर्मुस र सुन्तली आउने थाहा पाएपछि  महोत्सव स्थल आइपुगेका थापाले सधै टेलिभिजनको पर्दामा मात्र देख्ने उनीहरुलाई नजिकबाट हेर्ने अवसर पाए ।
      उनले मात्र नभई सो प्राङ्गणमा भेला भएका हजारौंले दर्शकले तनहुँको डुम्रेमा जारी प्रथम डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सवमा मेरी बास्सैका हास्यजोडी धुर्मुस र सुन्तलीलाई प्रत्यक्ष हेरेनन् मात्र उनीहरुको प्रस्तुतीले पेट मिची–मिची हाँसे ।
      ‘मुन्नी बद्नाम हुई डार्लिङ तेरे लिए’ नृत्य गर्दै सुन्तली स्टेजमा प्रवेश गरेपछि दर्शकदीर्घाबाट हुटिङ सुरु भएको थियो । सुन्तलीपछि केही मिनेटमै धुर्मुस स्टेजमा देखा परे । धुर्मुसलाई देखेपछि त झन् बढी दर्शकको हुटिङ आउन थाल्यो ।
      उनीहरुले करिब आधा घण्टा प्रस्तुती दिए । त्यसक्रममा उनीहरुले रातो पासपोर्ट काण्डमा मुछिएका, व्यक्ति अपहरण गर्ने र तलबभत्ता खाएर पनि निर्धारित समयमै संविधान नबनाउने सभासद्माथि व्यङ्ग्य प्रहार गरेका थिए । प्रस्तुतीपछि हास्यकलाकार सीताराम कट्टेल  
(धुर्मुस) ले महोत्सवमा आएर प्रस्तुती दिन पाउँदा आफूलाई एकदमै खुशी लागेको बताए ।
      महोत्सवमा मंगलबार धुर्मुस र सुन्तली आउने खबरले दर्शकको बाक्लो उपस्थिति थियो । महोत्सवमा हालसम्म रामकृष्ण ढकाल, कोमल ओली, राधिका हमाल लगायतले प्रस्तुती दिइसकेका छन् भने बुधबार बद्री पंगेनीको प्रस्तुती रहने राष्ट्रिय कलाकार व्यवस्थापन समितिका संयोजक सुनिल श्रेष्ठले बताए ।  


थप तस्बिर हेर्न क्लिक गर्नुहोस्
http://etanahun.blogspot.com/p/dumre-festival.html

1 comments

रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

Write Down Your Responses