शान्ति र संविधान पूरा गर्न राष्ट्रिय सहमति सरकार आवश्यक : मन्त्री गौतम
इ तनहुँ संवाददाता
दमौली, माघ १६
![]() |
थर्पु बेलसोती मोटरमार्गको सोमबार उद्घाटन गर्दै भूमिसुधार तथा व्यवस्थामन्त्री भीमप्रसाद गौतम |
![]() |
मोटरमार्ग उद्घाटन समारोहमा उपस्थित प्रमुख अतिथि लगायत अन्य अतिथिहरु |
‘दुई ठूला दल प्रतिपक्षमा बसेर शान्ति र संविधान पूरा हुन सक्दैन,’ छाङ–३ थर्पुबाट मनपाङ–६ जोड्ने थर्पु बेलसोती मोटरमार्गको सोमबार उद्घाटन गर्दै मन्त्री गौतमले भने, ‘वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यक छलफल गरौं ।’
![]() |
कार्यक्रममा कौरा नाच्दै स्थानीय युवती |
उनले राष्ट्रपति कार्यकारी हुने कि प्रधानमन्त्री भन्ने बीचमा दलहरुबीच विवाद रहेको भन्दै यसलाई वार्ताबाटै मिलाउने बताए । ‘माओवादी कार्यकारी राष्ट्रपतिको पक्षमा छ,’ उनले भने, ‘अन्य दलले प्रधानमन्त्री कार्यकारी हुनुपर्छ भनेका छन् । यसैले विवाद निम्तिएको हो ।’
![]() |
स्थानीय युवतीहरुले प्रस्तुत गरेको कौरामा नाच्दै भूमिसुधार तथा व्यवस्थामन्त्री भीमप्रसाद गौतम |
गाउँमा जाने बजेटमा राजनीतिक दलको सहमतिमा बजेट दुरुपयोग गर्ने प्रवृत्ति बढेको गुनासो आएपछि नै अख्तियारले सर्वदलीय संयन्त्र खारेज गर्न निर्देशन दिएको उनको भनाई थियो । ‘पहाडी जिल्लाहरुमा त यस्तो समस्या नहोला,’ उनले भने, ‘तराईका जिल्लाहरुमा यस्तो प्रवृत्ति बढी छ ।’
उनले भूमि सम्बन्धी समस्या समाधान गर्न भू–उपयोग नीति आवश्यक रहेको भन्दै छिट्टै भू–उपयोग नीति लागु गरिने बताए । ‘यसका लागि धेरै छलफल गरिसकिएको छ,’ उनले भने, ‘छिट्टै मन्त्रीपरिषद्मा यो प्रस्ताव पेश गर्दैछु ।’ नेपालमा बढ्दै गइरहेको अव्यवस्थित शहरीकरण रोक्नका लागि भू–उपयोग नीति आवश्यक रहेको मन्त्री गौतमको भनाई थियो । भू–उपयोग नीति नहुँदा देशभरका खेतीयोग्य जमिन प्लटिङमा परिणत हँुदै गएको भन्दै मन्त्री गौतमले त्यस्ता खेतीयोग्य जमिनमा प्लटिङ गर्न नपाउने गरी नीति तयार पार्न लागिएको बताए ।
मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष दिलीपकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेल, एकीकृत नेकपा माओवादीका सहइन्चार्ज डम्बरबहादुर विक, नेपाली कांग्रेस महासमिति सदस्य ताराराज राना, नेकपा एमालेका सदस्य उपेन्द्र घिमिरे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कृष्णहरी वाग्लेले गरेका थिए ।
1 comments
Write Down Your Responses
October 22, 2014 at 8:30 PM
रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: