जेहेन्दार विद्यार्थीलाई पोशाक वितरण
इ तनहुँ संवाददाता
तनहुँ पुस २५
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिरा जोशीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी श्रोत व्यक्ति पन्थ प्रनाउ कट्टेल व्यास सामुदायिक सेवा केन्द्रका अध्यक्ष गोविन्द पन्थ विद्यालयका प्रअ विष्णु भण्डारी केन्द्रकी सदस्य नोमा थापा सावित्री रिजाल विद्यार्थी अनु थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा हेमा व्युटी पार्लरकी प्रोपाईटर शकुन्तला आलेले विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेकी थिईन् । सो शैक्षिक सामाग्री आलेले विद्यालयका प्रअ विष्णु भण्डारीलाई हस्तान्तरण गरिन् ।
तनहुँ पुस २५
व्यास सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र दमौलीले बालमन्दिर निम्न माध्यमिक विद्यालयका १० गरिब तथा जेहेन्दार विद्यार्थीलाई सोमबार विद्यालय पोशाक वितरण गरेको छ । जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति माधवप्रसाद अधिकारी र प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले संयुक्तरुपमा विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन् ।
केन्द्रले पुर्व परियार प्रतिक्षा परियार सन्दिप विक सन्दिप महत सन्तोष महत शभा प्रवणी पुजा जलारी सुर्य विक शुकमाया विक र अमृत परियारलाई विद्यालय पोशाक वितरण गरेको विद्यालयकी प्रधानाध्यापक विष्णु भण्डारीले बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिरा जोशीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी श्रोत व्यक्ति पन्थ प्रनाउ कट्टेल व्यास सामुदायिक सेवा केन्द्रका अध्यक्ष गोविन्द पन्थ विद्यालयका प्रअ विष्णु भण्डारी केन्द्रकी सदस्य नोमा थापा सावित्री रिजाल विद्यार्थी अनु थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा हेमा व्युटी पार्लरकी प्रोपाईटर शकुन्तला आलेले विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेकी थिईन् । सो शैक्षिक सामाग्री आलेले विद्यालयका प्रअ विष्णु भण्डारीलाई हस्तान्तरण गरिन् ।
0 comments
Write Down Your Responses