कारबाहि होला त सिआरबिटि चोर्ने माथी ?
तिन बर्ष अघि हिमाल खबर
पत्रिकाले "अपरेशन ९८४१" भनेर सिआरबिटि चोरि गरिने सम्बन्धमा एउटा
रिपोर्ट बनाएको थियो । त्यो बेला एक जनाको सिआरबिटि उसको स्विकृति बिनै अरुको
मोबाईलमा पठाईने कुराको उल्लेख गरिएको थियो । तर भर्खरै सार्बजानिक भएको सिआरबिटि
प्रकरण चाँहि अलि फरक छ । पहिले पहिले मनोरञ्जनको लागि गरिने यस्तो कृयाकलाप अहिले
संगठित गिरोह मार्फत निजि स्वार्थको लागि हुने गरेको छ । सिआरबिटि चोरिने शैलि त
फेरिएको छ तर जसरी पनि सर्बसाधारण नै ठगिएका छन्,उनैको मोबाईलको पैसा घटेको घटेई छ
जहाँ सम्बन्धित दुरसञ्चार कम्पनी नेपाल टेलिकम मुकदर्शक बन्न बाध्य छ ।
सिआरबिटी चोर्ने गिरोहको बारेमा सञ्चारमाध्यममा
सार्बजानिक भए पछि बिगत लामो समय देखि भईरहेको यो प्रकरणमा पक्कै पनि सम्बन्धित
निकाएको आँखा खुल्छ कि ? टेलिकमको फितलो सुरक्षा प्रणालीको कारण टेलिकमका
ग्राहकहरु सिआरबिटीको नाममा लुटिएको लुटियै छन् । आशिष
म्यूजिक, समर्पण म्यूजिक, रक्षा म्यूजिक, स्रोता संगीत, सरिता डिजिटल, पुष्पाञ्जली म्यूजिक
कम्पनी लगायत केहि सिआरबिटि चोर्ने गिरोह संगठित रुपमै ठगिमा लागेको कुरा
सार्बजानिक भै सकेको छ । समर्पण म्युजिक सञ्चालक तथा गायक यामबहादुर
छेत्रीले विष्णु माझीसँग गाएको गीत 'शीतल दिने पीपल समी छ' एक घन्टामा १०९ पटक एउटै स्रोतबाट डाउनलोड
भएको कुराले पनि उनिहरुको ठगिको पुष्टि गर्दछ
।
त्यस्तै टेलिकमकै
कर्मचारी विमलेश झाको आईपि एड्रेसबाट अधिकांश
गीत किनिएको कुरा बाहिर आई सकेको छ । जसले
गर्दा यो काण्ड पुर्णत टेलिकमकै कर्मचारीको हात रहेको प्रष्ट हुन्छ । त्यस्तै
अर्का ब्याक्ति दिपक श्रेष्ठको आइपि एड्रेसबाट पनि यसरी नै अनाधिकृत रुपमा गीत
चोरिएको समाचार सार्वजानिक भएका छन् । टेलिकम तथा सरकारले सिआरबिटी चोरीको बारेमा
पनि अनुसन्धान गरेर कारबाहिको गरि उनिहरुले हालसम्म गरेको ठगिको भरणपोषण गरिनु
पर्दछ ।
टेलिकमले गीत चोरी गर्ने गिरोहको
बारेमा अनुसन्धान गरेर कारबाहि गर्नु पर्ने मा यो प्रकरणमा टेलिकमकै कर्मचारी
संलग्न भएको भन्ने पुष्टि भएकोले पनि टेलिकम ढाकछोप गर्न नलाग्ला भन्न सकिन्न ।
त्यसै पनि नेपाल टेलिकमकै अक्षमताका कारण ठगिमा बल पुगेकोले दोषिलाई कारबाहि भन्दा
जोगाउने चलखेल शुरु भई सकेको छ । तर सर्बसाधारणको मोबाईलको पैसामा अनाधिकृत रुपमा
होलि खेल्दै आएका यस्ता गिरोहको भण्डाफोर गर्ने पर्छ हैन भने यिनिहरुले प्रबिधिको
दुरुपयोग गरेर सर्बसाधारण नेपालीलाई सधै यसरी नै ठगि रहेने छन् ।
सर्बसाधारणको मोबाईलबाट गीत चोरी
गर्ने गिरोह यहाँ प्रशस्त छन् । केहि समय अगि मात्रै एकजना अंकल मलाई त्यहि गुनासो
गर्दै आउनु भएको थियो । मैले पहिले त तपाईले गीत राख्नु भएको होला भनेर जिस्क्याए
तर वहाँले आफुले गीत न राखेको तर गीत किनियो भनेर दिन दिनै १२।४३ रुपैया लाग्ने
भनेर म्यासेज आउने गरेको बताए पछि के रहेछ त भनेर वहाँको अकाउण्ट चेक गरेको वहाँको
खातामा दशवटा गीतहरु तत्काल किनिएको भेटियो । मलाई अचम्म लाग्यो यत्रो गीत कस्ले
किन्यो भन्दा आफुलाई थाहा न भएको तर मोबाईलमा म्यासेज भने दैनिक आईरहने बताउदाँ यो
त्यस्तै गिरोहको काम हो भन्ने कुरा मलाई पक्का भयो त्यसपछि वहाँको मोबाईलबाट सिआरबिटी सेवा नै बन्द गरिदिए
।
यो त एकजना प्रतिनिधि पात्र
मात्र हुन् यहाँ दैनिक कति सिआरबिटि चोरि हुन्छन भन्ने कुरा त यहाँ दिईएको लिङ्क
हेर्नु होला । एउटा कुरा के सत्य हो भने यो प्रकरणम नेपाल टेलिकम नै प्रमुख रुपमा
दोषी रहेको छ । उसको फितलो सुरक्षा संयन्त्र र नेपाल टेलिकमकै कर्मचारीको संलग्नता
बिना कसैले पनि यति धेरै गीतहरु डाउनलोड गर्नै सक्दैन । बिशेष गरि आफ्नो गीतलाई
बढि किनिएको देखाउन र किनिएको गीतको मुल्यको केहि हिस्सा आफुलाई पनि पर्ने भएकोले
म्युजिक कम्पनि र सम्बन्धित ब्यक्तिनै यस्तो कार्यमा लाग्ने गरेको तथ्य हामीलाई
प्राप्त बिवरणमा प्रष्ट छ । आफ्नो गीत धेरै बिकाउन, गीत र्याङ्किमा माथि पार्न
लगायत गीत बेचेरै पैसा कमाउनु यो गिरोहको मुख्य उद्देश्य रहेको प्रष्ट हुन्छ । यसरी
चोरिएर किनिने गीतहरुमा धेरै जसो नेपाली गीत नै रहेका हुन्छन भने त्यसमाथि अझै
नेपाली लोक दोहोरीका गीतहरु यसरी चोरीनेमा अग्र स्थानमा आउछन् ।
के हो सिआरबिटी
फोन गर्दा बज्ने रेगुलर टोनको
सट्टा फोन गर्नेलाई सुनाउन को लागि राखिने धुन नै सिआरबिटि हो, नेपालका नेपाल
टेलिकम,एनसेल, युटिएलले यस्तो सेवा दिदै आएका छन् । नेपाल टेलिकमको यो सेवा प्रयोग
गर्दा मासिक शुल्क लाग्दैन तर एउटा गीत राखे बापत १२।४३ पैसा लाग्छ । जुन गीत १५
दिनको लागि बज्ने गर्दछ । समय सकिए पछि उक्त गीत आफै डिलिट हुने हुँदा समयाबधि
सकिए पछि शुरुमा जस्तै प्रकिया अपनाएर त्यसलाई पुन किन्न पनि सकिन्छ । एनसेलमा भने
गीत राख्नको लागि मासिक शुल्क १२।४३ लाग्छ
भने त्यतिनै शुल्क गीतको लागि खर्च गर्नु पर्ने हुन्छ । युटिएलको पनि १२।४३ रुपैयामा
राखेको गीत एक महिना सम्मको लागि हुन्छ ।
नेपाल टेलिकम एनसेल तथा युटिएलमा
रिङ्गब्याक टोन म्यासेज तथा आईभिआर (फोन गरेर) बाहेक सम्बन्धित कम्पनिको वेबसाईटमा
गएर पनि राख्न सकिन्छ । म्यासेज र फोन गर्नको लागि सम्बन्धित मोबाईल नै चाहिने
हुँदा असम्बन्धित ब्याक्तिले राख्न सक्दैन वा आफैले राख्नु पर्छ तर कप्पनीको वेबमा
गएर किन्ने अप्सन नै यतिखेर दुरुपयोग भई रहेको छ । कप्पनीले उपलब्ध गराउने पासवर्ड
सिम्पल हुने वा धेरैमा दोहोरिहने भएका कारण सिआरबिटि चोर्ने गिरोहलाई सजिलो
परिहेको छ ।
सिआरबिटिको मामलामा नेपाल टेलिकमको
भन्दा एनसेलको सुरक्षा केहि मजबुद देखिएको छ । नेपाल टेलिकमको जस्तो एनसेलम गीत
चोर्न त मिल्दैन तर एनसेलको मोबाइलमा हुने गीत एनसेलले स्वत नविकरण गरिदिने भएकोले
एनसेलका उपभोक्ता पनि सम्बन्धित कम्पनिबाट ठगिने क्रम रोकिएको छैन् ।
नेपाल टेलिकमको सिआरबिटी सेवा
सधै जसो बिबादमा पर्दै आएको छ । गीतका स्रष्टाले उचित रोयल्टी नपाएको निहुँमा होस
वा उपभोक्ताको मोबाईलबाट अनाधिकृत रुपमा गीत किनिएको बारेमा होस,सिआरबिटी सेवा
बिबाद रहित हुन् सकेन । तिन बर्ष अघि टेलिकमको मोबाईलको सिआरबिटि सेवा पनि यस्तै
बिबाद आएको थियो । त्यो बेला सिआरबिटि बिशेष गरि प्रिपेड मोबाईलबाट चोरी हु्न्थो
त्यो पनि गिफ्टको रुपमा । एउटाको मोबाइलबाट दोस्रो ब्याक्तिले तेस्रो ब्याक्तिलाई
पहिले मान्छैको मोबाईलबाट गीत गिफ्ट गरिदिएर गीतको बिक्रि बढाउन चलखेल गरिन्थ्यो ।
एउटाको पैसा खर्च हुने अर्कोको मोबाईलमा गीत बज्दिने बिचको मान्छेले गर्ने गर्थो
जुन सरासर गैर कानुनी थियो । सोहि कारण नै एनटिसिले आफुले डिफल्ट नबनाए सम्म कसैले
मोबाईलमा गीत पठाईदिए पनि न बज्ने बनायो । जसले गर्दा यस्ता गिरोहलाई झन सजिलो भयो
गीत गिफ्ट गर्ने क्रम अझ बढ्यो । नबज्ने भए पछि जति वटा गीत जसको मोबाईलमा पठाईदिए
पनि सिआरबिटी बिक्रि भईरहेने भएकोले यो क्रम रोकिएन र पछि टेलिकमले गीत गीफ्ट
गर्ने अप्सन नै हटाउन बाध्य भयो र हाल गीत
किन्न मात्र मिल्छ पठाउन भने मिल्दैन् ।
यति खेर सिआरबिटि चोर्ने गिरोह
प्रिपेडबाट पोष्ठपेडमा सरेका छन् । पोष्ठपेडबाट सिआरबिटी किनिदिदा गीतको शुल्क
बिलमा समायोजन हुने भएकोले तत्काल ब्यालेन्स न काटिने र पोष्ठपेड बोक्ने मानिसहरु
तुलानात्मक रुपमा कामकाजी पनि हुने भएकोले धेरैलाई सिआरबिटी किनिए पश्चात आउने
म्यासेजको वास्ता नगर्ने भएकोले दैनिक हजारौ सिआरबिटि चोरिने क्रम रोकिएको छैन् ।
समाधान
यो समस्या समाधानको लागि
टेलिकमको सुरक्षा स्थिति नै कमजोर रहेको कहि बाट छिपेको छैन् । उसैका कर्मचारी
समेत चोरि गर्ने गिरोहसँग लागेर ठगि गरि रहेका छन भने टेलिकमले यसलाई तत्काल
छानबिन गरि समस्यालाई सम्बोधन गर्नु पर्छ । गीत अनाधिकृत रुपमा गिफ्ट भयो भनेर
गिफ्ट सुबिधा नै हटाउनु कत्ति पनि समाधान होइन् । गीत राख्न वा पठाउन चाहनेले चाहे
जति पठाउन पाउनु पर्छ किनकि उसले आफ्नो खर्च गरेर किन्छ । टेलिकमले सिआरबिटि
राख्दा वा पठाउदा मोबाइलमा कन्फरमेसन कोड पठाउने र उक्त कोड राखे पछि मात्र गीत
किनिने वा गीफ्ट हुने सुबिधा थपेमा मात्र यस्तो समस्या नै आउदैन । जो सँग मोबाईल छ
उसैले मात्र गीत किन्न वा गीफ्ट गर्न सक्ने हुँदा अनाधिकृत रुपमा चोरी हुने डर
पक्का पनि रहँदैन । आजको २१ औ शताब्दीमा चोर्छन भनेर सेवा नै बन्द गर्नु
उपयुक्त कदापि होईन बरु समयानुकुल सुरक्षाका उपायहरु आवलम्बन गरेमा यस्ता समस्याहरु
स्वत समाधान हुने छन् ।
थप जानकारी
0 comments
Write Down Your Responses