डेस्कोन कम्पनी कतारमा कार्यरत नेपाली द्धारा मृगौला पिडीत गुरुङ लाई आर्थिक सहयोग I

सागर श्रेष्ठ
अल्खोर कतार-रोजगारीको सिलसिलामा उज्जवल भविश्यको सपना बोकेर आज भन्दा ६ वर्ष पहिले कतार प्रवेश गरेका गोर्खा केरा बारी गा.वि.स.नेपाने घर भई बुबा सुकमान गरुङ , आमा दुरमायाँ गरुङका २८ बर्षीय जेष्ठ सुपुत्र सुबास गुरुङ हाल कतारको दोहा स्थित हमाद हस्पिटलकोे रुम नंबर ५३५ मा दुबै मृगौला खराब भएर उपचार गराइरहेका छन् । जुन उपचार पद्ति ज्यादै महंगो हुने भएको हुदा उहालाई आर्थिक राहत स्वरुप डेस्कोन इन्जिनेरीङमा कार्यरत भोला थापा क्षेत्री तथा समाजसेवी मिना राम गुरुले प्रत्यक्ष भेटि उहालाई क.२५०७ (ने. रु..५०,०४०. ) रुपिया सम्पूर्ण कम्पनीमा कार्यरत नेपाली दाजु भाई तथा आफु वाट संकलन गरी उहालाई हस्तानतरण गरियो ।

गुरुङ अवस्थामा क्रमिक सुधार आएको, साथै पिडित गुरु¨का अनुसार मंगलबार नेपाल फिर्ता पठाउन कम्पनीले जानकारी गराएका थिए । निजले नेपाल गएर आफ्ने घर परिवारका साथ रहेर उपचार गर्ने जानकारीका साथ सम्पूर्ण सहयोगीहरुलाई ह्दयदेखीनै धन्यवाद दिएका थिए ।

0 comments

Write Down Your Responses