विद्यार्थीलाई करोड पुरस्कार



कास्की,  मंसिर २५
ममिता पाइजाका लागी शनिवारको दिन विर्सनै नसक्ने खुसी वोककेर आयो । खसी नहुनु पनि किन ? आफ्नो जन्मदिन पारेर दाईलाई किनी दिएको बजाज मोटरसाइकलले उनी करोडपति बन्न पुगिन् । खुसीको यो क्षणमा अभिव्यक्त गर्ने शव्द मसंग छैन, बीबीएस प्रथम वर्षमा अध्ययनरत १९ वर्षे पाइजा दंगिइन्, ‘सपनाजस्तै लागेको छ, एक करोड पुरस्कार जित्दा पत्याउन गाह्रो भयो ।’
गत कात्तिक ९ गते ममिताले जन्मदिन पारेर आफ्नो नामवाट दाजु केशबहादुरलाई निलो रंगको १५० सीसी पल्सर मोटरसाइकल खरिद गरेकी थिइन । मेरो नामम किनेको भए पुरस्कार नपर्न पनि सक्थ्यो कि, दाजु केशबहादुरले भने, ‘यो सबै बहिनीको भाग्यले भएको जस्तो लाग्छ ।’ उनीहरुले २ लाख ४ हजार रुपैया नगद तिरेर ना १९ प ९२६२ नम्बरको पल्सर वाइक किनेका थिए । उक्त दिन स्क्र्याच कार्डमा समेत ममितालाई ५ हजार रुपैयाँ परेको थियो । मोटरसाइकलमा राखिएको हालसम्मकै ठूलो रकमको उपहार योजना मार्फत पिइजाले १ करोड रुपैयाँ जितेकी हुन् ।
बजाज मोटरसाइकलले आयोजना गरेको ‘बजाजपति अब करोडपति’ योजनामार्फत लक्की ड्रवाट उनले यो रकम जितेकी हुन् । कम्पनिले भदौ २५ देखि मंसिर १६ सम्म आयोजना गरेको योजनाको नतिजा सार्वजनिक गरिएको हो । ११ हजार ९ सय ६७ सहभागी मध्येवाट पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले लक्की ‘ड्र’ गर्दा पाइजाको नाम सार्वजनिक भएको हो ।

0 comments

Write Down Your Responses