नेपाली राजदुतावासमा सरणागत दुई नेपाली चेली घर फिर्ने तयारीमा I


दोहा- बैदेशिक रोजगारको शिलशिलामा घरायसी कामदारको रुपमा कतार आएका दुई नेपाली चेलीहरु घर फर्कने तयारमिा रहेका छन् । तमू बौद्ध सेवा समिति कतारका द्वित्तीय उपाध्यक्ष कृष्ण तमूद्वारा प्रेषित समाचारमा उक्त कुरा जनाईएको छ । विगत १० महिना अघि घरायसी कामदारको रुपमा कतार आएका रुपन्देही जिल्ला सिक्थान–६, निवासी ३५ वर्षिय मनु तामाङ र केरवानी–४ निवासी ३० वर्षिय कला अधिकारी घर मालिक्नीको दुव्र्यवहार र कुटपिट सहन नसकी उद्धार गरि दिन अनुरोध गर्दै नेपाली राजदुतावासको सरणमा गएका थिए ।


तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारले नेपाली चेली श्रीमति मनु तामाङ कतारमा अलपत्र परेको थाहा पाए पछि घर फिर्तिको लागि हवाई टिकटको व्यवस्था गरेको हो । त्यस्तै अर्की पिडीत चेली कला अधिकारीलाई समाज सेवा अभियान रुपन्देहीले हवाई टिकट उपलब्ध गराएको छ ।

तमू बौद्ध सेवा समितिका द्वित्तीय उपाध्यक्ष कृष्ण तमू र समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष टंक भट्टराईले गत २७ नोभेम्वरका दिन नेपाली राजदुतावासका द्वित्तीय सचिव जयबहादुर राईको रोहवरमा वहाकै कार्यकक्षमा पिडीत नेपाली चेलीहरु क्रमशः मनु तामाङ र कला अधिकारीलाई हवाई टिकट उपलब्ध गराएका थिए । यो मानविय कार्यको सबैबाट प्रशंसा गरिएको छ भने स्वयं नेपाली राजदुतावासले पनि सहयोगि संस्थाहरुलाई धन्यावाद ज्ञापन गरेको छ ।

0 comments

Write Down Your Responses