बाटोको विषयमा गाउँलेमाथी माओवादी आक्रमण

नवराज छतकुली
धादिङ, मंसिर २५
गाउँको मोटर बाटो उपभोक्ता समितिको नेतृत्व नपाएको विषयलाई लिएर माओवादीका कार्यकर्ताले धारिलो हतियार प्रयोग गरी धादिङमा २ जना गम्भिर घाइते भएका छन् ।
धादिङको थाक्रे-४ खनायोखर्कमा निर्माणधिन सातघुम्ति थकम सडक निर्माण उपभोक्ता समितिको विषयलाई लिएर भएको आक्रमणमा २७ वर्षिय राजकुमार थापा र २४ वर्षिय राजु थापा गम्भिर घाइते भएका हुन् । काठमाण्डौ स्थित शिक्षण अस्पतालमा उपचार गराईरहेका उनीहरु दुवैको टाउको हात लगायत शरीरका विभिन्न भागमा खुकुरीको गहिरो चोट लागेको छ । घाइते दुबै माओवादीकै पुर्व कार्यकर्ता हुन् ।
ईलाका स्तरीय सडक निर्माणको लागी जिल्ला विकास समिति धादिङले ८ लाख बिनियोजन गरेकेा थियो । तीन साता अघि गठन भएको उपभोक्ता समितिमा अध्यक्षको दाबी गर्दै आएका माअेावादी पक्षले नेतृत्व नपाएपछि जिल्ला विकास समिति धादिङमा उपभोक्ता समिति पुनः गठनको माग राख्दै उजुरी समेत दिएको जिल्ला विकास समिति धादिङले जनाएकेा छ । उजुरी पश्चात जिल्ला विकास समितिले बाटोको सम्झौता सम्बन्धी काम रोकेको कार्यालयले जनाएको छ ।
माओवादीले सडक निर्माणमा विवाद निम्त्याएपछि शनिवार दिउँसो गाउँमै स्थानीय उपभोक्ता र माओवादी गाउँ कमिटि सचिव नवराज चापागाई बिच विवाद भएको थियो । दिउँसोको विवादको विषयलाई लिएर चापागाई उनका भाई राजकुमार चापागाई र वाईसिएल इाचार्ज विकास भण्डारी सहितको ६ जनाको समुहले उनीहरुमाथी आक्रमण गरेको स्थानीय बासिन्दाले बताए । घटनामा संलग्न राजकुमार चापागाईलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।
मोटर बाटो उपभोक्ता समितिमा एमालेले एकलौटी गरेपछि भएको छलफलमा एमालेका कार्यकर्ताले माओवादी कार्यकर्तालाई आक्रमण गरेपछि माअेावादीले प्रतिकार गरेको एकिकृत नेकपा माओवादीका धादिङ सह इन्चार्ज राम बहादुर भण्डारीले बताए । कुटपीटमा संलग्न माओवादी पक्षधर कार्यकर्ताले आइतबार नै प्रहरीमा घाइते विरुद्ध ज्यान मार्ने उद्योगको आरोपमा उजुरी दता गराएको धादिङ प्रहरीले जनाएको छ । 

0 comments

Write Down Your Responses