एमालेको समर्थन हरिकुमारलाई
इ तनहुँ संवाददाता
दमौली मंसिर २५
नेकपा एमाले समर्थित व्यापारीहरुले तनहँु उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका उम्मेदवार हरिकुमार श्रेष्ठलाई भोट हाल्ने भएका छन् । एमालेको उद्योग व्यवसाय विभागको आइतबार बसेको बैठकले प्रगतिशिल र स्वतन्त्र उम्मेदवार भएको हुँदा हरिकुमार श्रेष्ठलाई मतदान गरी विजयी बनाउने निर्णय गरेको थियो ।
साथै यस अघिको निर्वाचनमा एमाले समर्थित उम्मेदवार मोहनकुमार विकलाई विजयी गराउन श्रेष्ठको भूमिका महत्वपूर्ण रहेको हुँदा पनि यस पटक उनलाई विजयी गराउने एमालेले निर्णय गरेको बताईएको छ ।
एमाले जिल्ला अध्यक्ष केदार सिग्देलले पार्टीले संस्थागत रुपमा हरिकुमारको पक्षमा निर्णय नगरे पनि सहयोग र सद्भाव उनलाई नै रहने बताए । प्रगतिशिल र स्वतन्त्र व्यक्ति भएको कारण हरिकुमारलाई सहयोग गर्ने उनको भनाई थियो । उनले पार्टीको उद्योग व्यवसाय विभागले हरिकुमारलाई सहयोग गर्ने निर्णय गरेको पनि जानकारी दिए ।
आगामी पुस २२ र २३ गते दमौलीमा हुने संघको १३ औं अधिवेशनमा खैरेनीटार निवासी श्रेष्ठसँगै दमौलीका व्यवसायी देवकुमार श्रेष्ठले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एकीकृत नेकपा माओवादीले पनि यस अघि नै हरिकुमार श्रेष्ठलाई नै मतदान गर्ने निर्णय गरेको बताईएको छ । विगतको निर्वाचनमा पनि एमाले र माओवादी समर्थित व्यापारीहरु एकजुट भएर निर्वाचनमा गएको कारण मोहनकुमार विक विजयी भएको हुँदा यस पटक पनि ती दुई दलको सहयोगको कारण हरिकुमार विजयी बन्ने सम्भावना रहेको बताईएको छ ।

0 comments
Write Down Your Responses