न्यु भिजन र जनसेवा विजयी
इ तनहुँ संवाददाता
दमौली मंसिर २६
हैरान्स क्लबको आयोजनामा दमौलीमा जारी जिल्लाव्यापी अन्र्तक्लब फुटबल प्रतियोगितामा सोमबार न्यु भिजन क्लव र जनसेवा युवा क्लव विजयी भएको छ । प्रतियोगिताको पहिलो चरण अन्तर्गत सोमबार भएको न्यु भिजन क्लब र ग्लोबल युनिटीबीचको पहिलो खेलमा निर्धारित समयमा दुवै टिमबीच १-१ को बराबरी भएकामा ट्राई ब्रेकरबाट ४-३ को गोल अन्तरले न्यु भिजन विजयी भएको हो ।
त्यस्तै आयोजक हैरान्स क्लब बि र ढोरफिर्दीको जनसेवा युवा क्लबबीच भएको दोस्रो खेलमा ४-१ को फराकिलो अन्तरले हैरान्सलाई हराउँदै जनसेवा क्लव विजयी भयो । खेलअवधिभर हैरान्सलाई नियन्त्रणमा राख्न सफल जनसेवाले उत्कृष्ट खेल कौशल प्रयोग गरी प्रतियोगिता सहजै जित हात पारेको हो ।
मंगलबार युनिटी क्लव खैरेनीटार र दोभान युवा क्लब भादगाउँ तथा बागबजार क्लब दमौली र शुक्लागण्डकी युवा क्लव दुलेगौंडा क्रमश विहान र दिउँसो खेल्नेछन् ।

0 comments
Write Down Your Responses