पूर्वराजा वीरेन्द्रको सम्पत्ति देखाउनेलाई पुरस्कार

काठमाडौं, मङ्सिर २६- नेपाल ट्रष्टले स्व राजा वीरेन्द्र र उनका परिवारको नाममा स्वदेश र विदेशमा रहेको चल/अचल सम्पत्तिबारे जानकारी दिनेलाई उचित पुरस्कार दिने बताएको छ। ट्रष्टका उपसचिव वीरेन्द्रबहादुर बानियाँले सञ्चार मन्त्रालयद्वारा आयोजित पत्रकार भेटघाटमा सो कुरा उल्लेख गरेका हुन्।

नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ अनुसार २०६४ मङ्सिर ६ गते स्थापना भएको नेपाल ट्रष्टले स्व राजा वीरेन्द्र र उनका परिवारको नाममा रहेको चल/अचल सम्पत्तिको खोजी र संरक्षण गर्दैआएको छ।

हालसम्म ट्रष्टले स्व राजा वीरेन्द्र र उनका परिवारका नाममा स्वदेशमा विभिन्न स्थानमा रहेको छ हजार २४४ रोपनी जग्गा पत्तालगाई एक हजार १७९ रोपनी जग्गाको जग्गाधनी प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ।

त्यसैगरी स्टर्लिङ पाउन्ड ४४ हजार ११६ र नेरु १२ करोड २८ लाख ९० हजार ७३४ नगद समेत ट्रष्टको खातामा जम्मा भइसकेको बताइएको छ।

0 comments

Write Down Your Responses