दैनिक पत्रिकाको भाऊ १० रुपैयाँ पुग्यो
२७ मंसिर, काठमाण्डौ । तीनवटा प्रकाशन गृह मिलेर दैनिक पत्रिकाको भाऊ दोब्बर बनाएका छन् । सोमबारसम्म ५ रुपैयाँमा पाइने कान्तिपुर, नागरिक र अन्नपूर्ण पोष्ट दैनिक मंगलबारदेखि १० रुपैयाँमा बेच्न थालिएको छ । त्यस्तै कान्तिपुरको सहप्रकाशन द काठमाण्डौ पोष्टको मुल्य पनि वढेको छ । ३ रुपैयामा किन्न पाइने पोष्टको मुल्य वढेर ५ रुपैया पुगेको छ । यस्तै अंग्रेजी दैनिकको रिपब्लीका र द हिमालयन टाइम्सको मूल्य भने यथावत रहेको छ ।
तीनवटा पत्रिकाका मुख्य पृष्ठमै प्रकाशकिय छापेर प्रकाशकहरुले मंहगीका कारण पत्रिकाको भाऊ बढाउनुपरेको बताएका छन् । ६ बर्षदेखि मूल्य नबढेको अबस्थामा पत्रिकाको मूल्य दश रुपैयाँ पुर्याउनु बाध्यकारी कदम भएको उनीहरुको दावी छ ।
तर, राजधानी, समाचारपत्र र नयाँ पत्रिका दैनिकले भने भाउ बढाउने सिन्डिकेटलाई अस्वीकार गरेका छन् । स्रोतका अनुसार बिगत एक महिनादेखि पत्रिकाको मूल्य बढाउन प्रकाशकहरुवीच भएका निरन्तरका छलफलमा ती पत्रिकाका प्रकाशकले पत्रिकाको भाउ बढाउन अस्वीकार गरेका थिए ।
अरु पत्रिका ३ मा बेचिंदा २ रुपैयाँ र ५ मा बेचिंदा ३ रुपैयाँमा बेचेर मूल्य युद्धमा होमिएको अन्नपूर्ण पोष्टसमेत अहिले कान्तिपुर र नागरिकसँगै मूल्य बढाउने सिन्डिकेटमा सहभागी भएको छ ।

0 comments
Write Down Your Responses