व्यक्तिगत टकरावका कारण काँग्रेसमा विवाद : केसी


२७ मंसिर, बाँके । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी नेतृत्वमा व्यक्तिगत टकरावका कारण कांग्रेसमा विवाद चुलिएको खुलासा गर्नु भएको छ । नेतृत्वका कार्यशैलीगत त्रुटी र नेताहरुका अहंकारले पार्टीभित्र विवाद बढेको उहाँको भनाई छ । पार्टी कामको शिलशिलामा कालिकोट जानेक्रममा मंगलवार विहान बाँकेको नेपालगञ्जमा पत्रकारहरुसंग कुराकानी गर्दै केसीले नेतृत्वमा व्यक्तिगत टकराव र प्रतिस्पर्धाले पार्टीमा एकरुपता आउन नसकेको वताउनु भयो ।

शब्द, मर्यादा र भाषामा ख्याल नगर्दा नेताहरुको सम्बन्ध तिक्ततापूर्ण बन्दै गएकोमा केसीले चिन्ता व्यक्त गर्नु भयो । अझै पनि काँग्रेसभित्र फुटको मनोबैज्ञानिक दुरी कायमै रहेको केसीको भनाई छ । सरकारको टुंगो नलाग्दै अबको प्रधानमन्त्री म नै हुँ भन्दै हिड्नु गलत रहेको केसीको भनाई छ । शान्ति प्रक्रिया नटुंगिदासम्म काँग्रेस माओवादी नेतृत्वको सरकारमा सहभागी नहुने वताउदै केसीले अहिलेकै सरकारलाई राष्ट्रिय स्वरुप दिन नसहिने ठोकुवा गर्नु भयो ।

संविधान सभाको निर्वाचन पछि माओवादी र एमालले सरकारको नेतृत्व दुई–दुई पटक गरिसकेकाले अब कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार वन्नु पर्ने केसीको भनाई छ ।

 

0 comments

Write Down Your Responses