कुवेतमा नेपालीको ग्याङ फाइट, घटना स्थलमा तिन पुलिसका गाडि


कुवेतमा कार्यरत आप्रवासी नेपालीहरु बिचमा ग्याङ फाइट भएको छ । बिहीवार ८ डिसेम्बरका राति फाहिलमा यो घटना घटेको हो ।   कुवेतबासी नेपालीहरुको लागि  झै झगडा कुट-पिट जस्ता घटना नयाँ होईनन तर यो पटक अली फरक किसिमको लडाईं भएको छ । श्रोतका अनुसार फाहिल स्थित एक नेपाली परिवारको छोरीको पास्नी थियो । त्यहा ७० देखी ८० जना पाउनहरुलाई बोलाईेएको थियो । पास्नीको कार्यक्रम पश्चात खान पिनको कार्यक्रम राखिएको थियो  । रात छिपिदै गएको थियो । पाउनहरु मस्तीमा डुब्दै थिए । अचानक साथी साथी बिचमा उत्पन्न भएको बिबादले उग्र रुप लियो र  हाना हान सुरु भयो एक जना प्रतक्ष दर्शिले भन्ने । बिबाद हुनुको कारण कसैकि गिर्ल फ्रेन्ड थीइन । झगडा गर्नेहरुलाई छुट्टाउन गएका एक ब्याक्तीले तीन मुक्का खाएछन, अनी सुरु भयो महाभारत ।
झगडा पश्चात एक समुह त्यहाबाट बाहिरिएको थियो भने अर्को समुह त्यही थियो । रातीको करीब एक बजे तिर दश बारजना युवाहरु हतियार सहित ढोकाहान पुगेका थिए । श्रोतका अनुसार पहिला लडाईं गरेका ब्याक्तिले आफ्नो ग्याङ लिएर त्यहा पुगेका थिए । केहि बेर चलेको दुई पक्ष भिडन्त पछि भित्र भएको समुहले बाहिरबाट आएको समुहलाई खेदेका थिए । दुबै पक्षका युवाहरुका हातमा छुरी, खुकुरी र छड जस्ता हतियार थिए भोजम सहभागि एक महिलाले नाम नबताउने सर्तमा भनिन ।
   
त्यहाँ ढोका मात्रै फोरिएको थिएन ढुङ्गा हाना हान गरी बिल्डिङका सिसा समेत फोरिएको थियो । नेपालीहरुको ग्याङ फाइट देखी स्थानिय बासिन्दाहरुले पुलिस बोलाएका थिए । कुवेत पुलिसका तिन गाडी घटना स्थलमा पुगेका थिए । तर पुलिसले कार्बाइ अगाडि बढाउनु पहिला नै सबै जना लुकी सकेका थिए । पुलिसले कसैलाई पनि समात्न सकेन । धन्यवाद छ भगवानलाई झगडा भएको फ्लाटमा पुलिस पसेन अन्यथा अनर्थ हुने थियो । नजिकैको घरमा बस्ने नेपाली परिवारले भने । झगडाको मुख्य कारण देसी सरबत नै थियो । पास्नीमा सहभागि अधिकाम्स सर्बतमा झ्याप थिए ।
केही दिन अगाडि भोलीबलको मैदानमा नेपालीले नेपालीको टाउको फोरेका थिए । फर्वानियमा नेपालीले नेपालीलाई छुरी हानी घाईते बनेका युवा अहिले सम्म अस्पातलमा छन ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses