न्यु भिजनमाथि गोलको वर्षा

इ तनहुँ संवाददाता
दमौली पुष २

  • बन्दका कारण खेल स्थगित
दमौलीमा जारी हैरान्स कप अन्तर्गत शनिबार भएको खेलमा न्यु भिजन जामुनेमाथि गोलको वर्षा भएको छ । उत्कृष्ट खेलप्रदर्शन गर्दै नवयुवा क्लव हाइस्कुलटारले न्यु भिजनलाई ९ गोल गरेको हो ।
पहिलो हाफमा जसर्ी नम्बर ७ का प्रेम आलेको प्रहार फर्काएका गोलरक्षकले सोही बललाई जसर्ी नम्बर ८ का फिरोज थापाले हान्दा जोगाउन सकेनन् । त्यस लगत्तै नवयुवाका जसर्ी नम्बर १४ का मक्करे गुरुङ्गले फेरी अर्को गोल थपी पहिलो हाफमा २-० ले अग्रता लियो । दोस्रो हाफमा जसर्ी नम्बर १४ का मक्करे गुरुङ्गले ५ र जसर्ी नम्बर ७ का प्रेम आलेले २ गोल गरी खेल सहजै आफ्नो पक्षमा पार्न सफल भए । खेल अवधिभर न्यु भिजनमाथि हावी भएको नवयुवाले हैरान्स कप अन्तर्गत भएका खेलहरुमध्ये सर्वाधिक गोल गर्न सफल भएको छ ।
बन्दका कारण खेल स्थगित
तरुण दलका चितवन अध्यक्ष शिव पौडेलको मृत्यु भएको विरोधमा तरुण दलले बन्द कारण शनिबार हुने भनिएको दोस्रो खेल स्थगित भएको छ । शनिबार जनसेवा युवा क्लव ढोरफिर्दी र शुक्लागण्डकी क्लव दुलेगौंडाबीच हुने खेल बन्दका कारण स्थगित भएको हो ।
आयोजक हैरान्स क्लवका अध्यक्ष रविन पौडेलले स्थगित गरिएको खेल आइतबार बिहान ११ बजे हुने जानकारी दिए ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses