बिग्रँदो सुरक्षास्थितिबारे राज्य व्यवस्थाको चासो
२५ मंसिर, काठमाडौँ । व्यवस्थापिका संसदअन्तर्गतको राज्यव्यवस्था समितिले मुलुकको बिग्रँदो सुरक्षास्थितिका बारेमा चासो देखाएको छ ।
समितिले आज खस्कँदो सुरक्षा अवस्थाबारे
जानकारी लिन सम्वद्ध पक्षका अधिकारीलाई बोलाएको छ । समितिको कार्यालय
सिंहदरबार अहिले जारी बैठकमा उपप्रधान तथा गृहमन्त्री विजयकुमार
गच्छदारसहित चारवटै सुरक्षा निकायमा प्रमुखलाई सोधपुछका लागि बोलाइएको
सभापति रामनाथ ढकालले जानकारी दिनुभयो । बैठकमा उपात्यका लागयत मुलुकभर
दैनिकजसो भइरहेका हत्या, अपहरण र लुटपाट घटनाका विषयमा जानकारी लिनुका
साथै सुरक्षा अवस्था सुधारका लागि प्रभावकारी सुरक्षा रणनीति अख्तियार
गर्न निर्देशन दिइने सभापति ढकालले बताउनुभयो ।
सभापति ढकाल माथिसमेत केही दिनअघि
व्ययवस्थापिका संसदको बैठकमा सहभागी भएर निवास र्फकन लाग्दा राजधानीको
पुतली सडकमा अज्ञात व्यक्तिहरुको एक समूहले ढुंगामुढा प्रहार गरेको थियो ।
0 comments
Write Down Your Responses