ठूला सञ्चारगृहले श्रमजीवी ऐन लागू गरेननः गुप्ता
२५ मंसिर, धुलिखुल । सूचना तथा
संञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले ठूला सञ्चारगहृका कारण श्रमजीवी
पत्रकार ऐन लागू गर्न कठिनाई भइरहेको बतानुभएको छ ।
काभ्रेको धुलिखेलमा आइतबार
सञ्चारकर्मीसाग कुरा गर्दै मन्त्री गुप्ताले ठूला मिडियाले एने
कार्यान्वजयन गर्न आनाकानी गरिरहेको बताउनुभयो । ऐन कार्यन्वयनमा अटेरी
गरिरहेका सञ्चारगृहका सञ्चलकसाग छलफल गरी समस्यासमाधानमा मन्त्रायलय
प्रयासरत रहेको उहाँको भनाइ थियो । मन्त्री गुप्ताले द्वन्द्व पीडित
पत्रकारका लागि लक्षित गरेर सरकारले पत्रकार महासंघ सागको समन्वयमा विशेष
कार्यक्रम ल्याउन लागेको पनि जानकारी दिनुभयो ।
अर्को बेग्लै प्रसंगमा उहाँले कानुनी
त्रुटीका कारण एकफएम रेडियोहरुको रोयल्टीका विषयमा विवाद भएको बताउनुभयो ।
मन्त्री गुप्ताले रेडियोहरुका लागि अझै पनि समानुपातिक ढंगबाट
लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन नसकेको बताउादै सरकारले चााडै त्यसको
पनि व्यवस्था गर्ने आश्वासन दिनुभयो ।
यसैबीच नेपाल पत्रकार महासंघ काभ्रे
शाखाले अन्तितम पटक थपिएको ६ महिनाभित्र संविधान निर्माणको काम
सक्नुपर्ने, नयाा संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी
गरिनुपर्नेलगायतका माग समेटिएको ज्ञापनपत्र बुझाएको छ । मन्त्री गुप्ता
आफू अध्यक्ष रहेको फोरम गणतान्त्रिकको शनिबारदेखि जारी केन्द्रीय
प्रशिक्षण शिविरमा सहभागी हुन धुलिखेल आउनुभएको हो ।
0 comments
Write Down Your Responses