केहीदिनका लागि मन्त्रीपरिषद विस्तार : पौडेल

समुन्द्र पौडेल
तनहुँ, कार्तिक २२

नेपाली काग्रेसका उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले मंसिर १४ भित्र माओवादी उपाध्यक्ष डा। बाबुराम भट्टराई नेतृत्वको सरकार दल्ने बताएका छन् । रिर्पाेटस क्लव तनहुँले मंगलबार बिहान तनहुँको दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले सरकार दल्ने भएपछि माओवादीले आफ्ना केही नेतालाई केही दिनका लागि मन्त्री बनाएको आरोप लगाए ।

'केही नेतालाई मन्त्री बनाउन यो सरकारले मन्त्री परिषदको बिस्तार गरेको हो ।' उनले भने, 'मंसिर १४ भित्र यो सरकारको आयू सकिदै छ ।' अब बन्ने नयाँ सरकारको नेतृत्व आफूले गर्ने समेत पौडेलले दाबी गरे । 'अबको प्रधानमन्त्री को ?' भन्ने प्रश्नमा उनले भने, 'विधान अनुसार संसदीय दलका नेता ।'
अघिल्लो प्रधानमन्त्रीको निर्वाचनका क्रममा पार्टीका अर्का नेता शेर बहादुर देउवालाई एकपटक मौका दिएपनि पुनः मौका नदिने उनले बताए । 'देउवाकै कारण अघिल्लो पटक काग्रेस सरकारमा आउन सकेन् ।' उनले भने, 'देउवालाई बारम्बार मौका दिन्न संसदीय दलको नेताका हिसाबले म नै प्रधानमन्त्री हुँ ।'
पार्टीको उपसभापति चयनको क्रममा समेत देउवा पक्षले आफूलाई कुनै पनि सहयोग नगरेको भन्दै पौडेलले भने, 'त्यो बेला म आफै बहुमतमा थिए ।' पार्टीको भातृसंगठन विवादको प्रसंगमा बोल्दै नेता पौडेलले भातृ संगठनको विवाद केही समय भित्रै मिल्ने दाबी गरे । 'सभापति सुशिल कोइरालाले महिला विद्यार्थी लगायतका भातृ संघको संयोजक छनोट गर्न लगाउनुभएको थियो ।' उनले भने, 'देउवाले कमिटि मार्फत जाने भनेकाले लम्बिएको हो ।' शान्ति प्रकि्रया टुड्ग्निे विश्वासकै आधारमा दलहरु विच सात बुढे सहमती गरेको भन्दै उनले माओवादी सेनालाई माओवादीको मापदण्ड अनुसार नभई नेपाली सेनाको मापदण्ड अनुसार समायोजन गर्ने बताए । 'नेपाली सेनाको मापदण्डमा बस्न अप्ठ्यारो हुनेजति र अंगभंग भएकाहरुलाई पुनःस्थापना गर्ने हो ।' उनले भने, 'यसमा माओवादी अध्यक्ष प्रचण्ड समेत सकारात्मक छन ।' शिक्षाको क्षेत्रमा माओवादी सेनालाई १ तह थप गर्ने सहमती भएको उनले बताए ।

,

0 comments

Write Down Your Responses