सडक दुर्घटानामा परि घाइते टेकमको अवस्था गभिर



तनहुँ खबर संवाददाता 
दोहा- विगत ३ वर्ष देखी कतारमा कार्यरत सल्यान पिपलनेट गाविस घर भई हाल दोहा कतारको सनैया ४१ मा कार्यरत टेकम प्रसाद शर्मा हाल गविर अबस्थामा रहेका छन । गत २३ अक्टुवर का दिन चालक टेकम प्रसाद शर्मा गाडिको हेडलाइट अचानन खराव भएर दुर्घटानामा परेका हुन। ३६ बर्षीय टेकमका १ छोरा १ छोरी साथै श्रीमती छन । हाल कम्पनीले उनलाई डेर्सिङको लागी पनि कुनै सहयोग नगरेको उनले गुनासो गरेका छन्। साथै आर्थिक अबस्था कम्जोर भएकोले उनले सम्पुर्ण नेपाली दाजु भाई सगँ सहयोगको समेत टेकामले अपेक्षा गरेका छन । उहालाई प्रत्यक्ष भेटेर युवा समाज सेवि लक्ष्मण खतिवडाले ६ सय कतारी रियाल नवोदित मोवाईल पुस्तकालयका सागर अजनवी, चर्चित ढुंगेल, राजेश्वर ढकाल र तनहुँ खबर डट कमका सम्पादक भोला थापाले करी ५० का दरले आर्थिक सहयोग गरेका छन । यदि तपाई पनि उहाँलाई सहयोग गर्न चाहानु हुन्छ भने उहाँलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नु हुनेछ ।सम्पर्क नं ७७२८७८६१

0 comments

Write Down Your Responses