संविधान सभाले बनाएको संविधान मानिँदैन : राप्रपा अध्यक्ष थापा
अजित तिवारी
विराटनगर, कात्तिक २३
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान सभाको औचित्य र संवैधानिक समय सकिइसकिएकाले त्यसले बनाएको संविधान मान्य नहुने बताएका छन्। उनले भने- संविधान सभाको म्याद थपेर समस्याको समाधान हुँदैन।
उनले संविधान सभाले अधुरो, अपुरो र अस्पष्ट राजनीति दस्तावेजको खाकामात्रै प्रस्तुत गर्न सक्ने तर संविधान लेख्नै नसक्ने बताए।
उनले सङ्घीयताको टुङ्गो जनमत सङ्ग्रहबाट गर्नुपर्ने पनि बताएका छन्। उनले सङ्घीयताजस्तो गम्भीर र संवेदनशील विषय सानो विज्ञ टोलीले टुङ्ग्याउनु देशका लागि घातक हुने दाबी पनि गरे। ‘सङ्घीयताका लागि जनमत सङ्ग्रह गर्नुपर्छ'- विराटनगर विमानस्थलमा बुधबार साँझ सञ्चारकर्मीसित कुरा गर्दै नेता थापाले भने- हचुवाको भरमा सङ्घीयताको टुङ्गो लगाउनु हुँदैन। सानो विज्ञ टोलीले सङ्घीयताको टुङ्गो लगाउनु मुलुकका लागि दुर्भाग्यपूर्ण हुने उनको भनाई छ। ‘विज्ञ टोलीको निर्णयले मात्रै गरिने राज्यको पुनर्संरचनाले मुलुकमा जटिल परिस्थिति ल्याउँछ'- थापाले भने।
यता, ऊर्जा मन्त्री एवम् माओवादीका नेता पोष्टबहादुर बोगटीले ‘जम्बो' मन्त्रिमण्डलले राष्ट्रिय सहमतिको सरकार निर्माणमा कुनै अवरोध नपुर्याउने दाबी गरे। धनकुटा जान अहिले साँझ विराटनगर आइपुगेका बोगटीले विमानस्थलमा सञ्चारकर्मीसित भने- मन्त्रिमण्डल जम्बो भयो भनेर टीकाटिप्पणी गर्नु सामान्य हो तर यसले राष्ट्रिय सहमतिको सरकार निर्माणमा कुनै असर गर्दैन।

0 comments
Write Down Your Responses