'भष्टचारीलाइर् किरा परोस' नाराविरुद्ध रिट

 इ तनहुँ संवाददाता
काठमाडौं, मंसिर ६
'भ्रष्टाचारीलाई किरा परोस्' भन्ने नाराले समाजमा नकारात्मक असर पारेको भन्दै यसविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ। ताप्लेजुङ हाङ्देवाका यज्ञमणि न्यौपानेले सोमबार सर्वोच्चमा दायर गरेको रिटमा 'भ्रष्टाचारीलाई किरा परोस्' नामको नारा लिएर हिँड्न र त्यस्तो नारा लेखिएको टिसर्ट लगाउन, प्रचारप्रसार गर्न तत्काल रोक्न माग गरिएको छ।
'यस्तो अशोभनीय नाराले समाजमा भ्रान्ति ल्याउने, विधिको शासनविपरीत दण्डहीनतालाई प्रश्रय दिने शब्द लेख्ने, बोल्ने नाराका रूपमा प्रसारण गर्ने, टिसर्ट दिने/लिने काम संविधानविपरित छ,' रिटमा भनिएको छ, 'यस्तो कार्य सार्वजनिक नैतिकताको प्रतिकूल छ। मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म यस्ता नारा प्रयोग नगराउन अन्तरिम आदेश जारी गरिपाउँ।'
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, युथ इनिसियटिभ (युवा अभियान) का कार्यकारी निर्देशक रमेश ढुंगेल, रविन्द्र मिश्र, रामेश्वर खनाल लगायतलाई विपक्षी बनाइएको छ। युथ इनिसियटिभले प्रधानमन्त्री, मन्त्री, सचिव र सरकारी कर्मचारीहरूलाई भ्रष्टाचारीलाई किरा परोस् नामको टिसर्ट बाँड्दै आएको थियो। यो रिटको सुनुवाइ बुधबार हुनेछ

0 comments

Write Down Your Responses