सर्वोच्चद्वारा संविधानसभाको म्याद थप्न अन्तिम मौका
काठमाडौं, मंसिर ९ - सर्वोच्च अदालतले संविधानसभाको म्याद थप गर्न अन्तिम एकपटक मौका दिएको छ ।म्याद थपका लागि प्रमुख दलहरुबीच बहस भइरहेकाबेला सर्वोच्चले एक पटकका लागिमात्र मौका दिएको हो । थपिएको समयमा पनि संविधान नबने जनमत संग्रह वा अर्को संविधानसभाको चुनावमा जान आदेश दिएको छ ।
प्रधानन्यायाधीश खिलराज रेग्मी, न्यायाधीशहरु दामोदरप्रसाद शर्मा, रामकुमार प्रसाद शाह, कल्याण श्रेष्ठ र प्रेम शर्माको संयुक्त इजलासले म्याद थप्नुअघि कति समय लाग्ने त्यसको यकिन अहिल्यै गर्न पनि आदेश दिएको छ ।
अन्तरिम संविधानको धारा ६४ विपरीत संविधानसभाको समयावधि बढाउनु पूर्णरुपमा गैरसंवैधानिक र गैरकानुनी भन्दै अधिवक्ता बालकृष्ण न्यौपाने र भरतमणि जङ्गमले भदौ २९ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
0 comments
Write Down Your Responses