दरबार उच्च मावि आरुपोखरीमा अन्तरसदनात्मक बादविवाद प्रतियोगिता आज सम्पन्न ।


अनुप बाबु श्रेष्ठ
गोरखा
मसिंर ९
विद्यालयका ४ सदनका विद्यार्थीहरु विच प्रावि, निमावि र मावि तहको छुट्टाछुट्टै वादविवाद प्रतियोगिता सम्पन्न भएको हो । शहरी जिवन भन्दा गाँउले जिवन वेश शिर्षकमा भएको बादविवाद प्रतियोगितामा माछाुपुच्छ«े सदनका लक्ष्मी बुढाथोकी प्रथम, सगरमाथा सदनका पुजा गुरुङ्ग द्धितिय र मनासलु सदनका जमुना गुरुङ्ग तृतिय भएकाछन् । धनभन्दा विद्या ठुलो शिर्षकमा भएको वादविवाद प्रतियोगितामा सगरमाथा सदनका सपना परियार प्रथम, मनासलु सदनका सुस्मिता गुरुङ द्धितिय र माछापुच्छ«े सदनका सुरेश सुर्खेती तृतिय भएका छन् । यसैगरि मानिस भन्दा प्रकृती बलियो शिर्षकमा भएको मावि स्तरिय बादिविवाद प्रतियोगितामा मनासलु सदनकी मेलीना न्यौपाने प्रथम, सगरमाथा सदनका प्रतिमा थापा द्धितिय, र अन्नपुर्ण सदनका मेखबहादुर बुढाथोकी तृतिय हुनुभएको छ ।

दरवार उच्च माविकै अर्कोसमचार अनुसार विद्यालयका मावि तहका गणित शिक्षक शिवप्रसाद भट्टलाई एक कार्यक्रमका विच विदाई गरिएको छ । कार्यक्रममा विद्यालयका उच्च मावि संयोजक मोहन सापकोटा, निमीत्त प्राचार्य वेद प्रसाद ढकाल, शिक्षक तेजप्रसाद घिमीरे, अतिरिक्त शिक्षक माधव प्रसाद अधिकारी, विद्यार्थीहरु सुमिक बराम र सुमित्रा अधिकारी लगायतले शिक्षक भट्टको योगदानको चर्चा गनुएभएको थियो । दुवै कार्यक्रम विद्यायका प्राचार्य दिर्घमान श्रेष्ठको सभापतित्वमा भएको हो।

0 comments

Write Down Your Responses