डाकाहरु सार्वजनिक
कैलासवावु श्रेष्ठ/ गोरखा जिल्लाको सिम्जुङ्ग गाउँ विकास समितिमा गत वैशाख २१ गते भएको डाका मुद्वाका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
गत बैशाख २१ गते सिम्जुङ्ग गाविस ६ मा वसोवास गर्ने अश्विन तामाङ्गको घरमा राती ११:३० बजे पाँच जनाको समूहले खुकुरी सहितका केही हतियार देखाई ६ लाख पन्द्र हजार तिन सय पचहत्तर रुपैयाँ वरावरको धनमाल लुटने समूहका मुख्य योजनाकार सिम्जुङ्ग गाविस ६ सिरानडाडाँ निवासी टोक्ले भन्ने डिल वहादुर तामाङ्गलाई प्रहरीले सदरमुकाम वाट पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानाकारी अनुसार गोरखा वसपार्क वाट पक्राउ परेका उनीहरुले अर्को नयाँ योजना वनाउदै गर्दा सुराकीका आधारमा पक्राउ गर्न सफल भएको हो । पाँच जनाको समूहमा रहेका डाकाहरु मध्ये घ्याचोक गाविस घर भै गोरखा नगरपालिका ९ छेपेटार वस्ने ढम वहादुर तामाङ्ग भने केही समय अगाडी नै समातिए पछि अहिले पुपक्षका लागी गोरखा कारागारमा जेल सजाय काटी रहेको छ ।
समूहका अन्य ब्यत्ति भने अहिले पनि फरार नै रहेको प्रहरी कार्यालयले जनाएको छ । योजना बनाउदै गर्दा रंगेहात पकि्रएका मध्ये चितवनका सोनम श्रेष्ठ, गोरखाका ध्रव वाँनिया, सिन्धुलीका तुलसीराम श्रेष्ठ र म्याग्दीका तिलक पुन र देव फगामे समेतलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।
पक्राउ परेका सवैलाई आजै सार्वजनिक मुद्वामा म्याद थप गरी अनुसन्धान थालीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
0 comments
Write Down Your Responses