१५ दिनपछि प्रधानमन्त्री पदमा बस्न मिल्दैन : बादल

शेरबहादुर केसी, बुटवल, असोज १४- एकीकृत माओवादीका महासचिव रामबहादुर थापा बादलले प्रधानमन्त्री बाबुराम भट्टराई अवको १५ दिनपछि नैतिकरुपमा पदमा बसिरहन नमिल्ने बताएका छन्। सरकार बनेको ४५ दिनभित्र शान्ति प्रक्रियाका मूलभूत काम टुंग्याउने प्रतिवद्धता जनतासामु व्यक्त गरेका भट्टराईले शान्ति र संविधान निर्माणको प्रक्रिया अघि बढाउन नसक्ने देखिएको उनले बताए।

‘तोकिएको कार्यसुची पूरा गर्न नसक्ने प्रधानमन्त्री पदमा बसिरहन उचित देखिएन,-महासचिव थापाले भने। शनिवार यहाँ आफ्नो समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका थापाले पत्रकारसँग कुराकानी गर्दै मधेशी मोर्चासँग गरेको चार बुँदे राष्ट्रघाती सहमतिले स्वाभिमानी नेपालीको शिर निहुराएकोले आफूहरुले आन्दोलन चर्काएको बताए।
महासचिव थापाले राष्ट्रघाती चार बुँदे सहमतिकै कारण पार्टीभित्रको परिस्थिति जटिल बनेको बताए।

पार्टीभित्रको विवादलाई सडकमा ल्याएपछि संस्थापन पक्षले कारवाही गर्ने बताइरहेका बेला महासचिव बादलले त्यस्तो कारवाही पार्टी निर्णय उल्लंघन गर्नेमाथि हुने बताए। 'हामीले पार्टी निर्णय उल्लंघन गरेका छैनौं, बरु विधिसम्मत गरेका निर्णयलाई सडकमार्फत जनतामा लिएर गएका छौं'- उनले भने।

पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै उनले संगठनको मूल्य, मान्यता र पद्धतिलाई अतिक्रमण गर्नेहरु नै कारवाहीको भागिदार बन्ने चेतावनी दिए।

,

0 comments

Write Down Your Responses