३ बालक सेवा नेपालको जिम्मा
इ तनहुँ संवाददाता
तनहुँ बैशाख ४
काठमाण्डौ जान भनेर कास्की स्थित सेवा नेपाल नामक बाल संस्थाबाट भागेर हिडेका ३ बालकलाई सोमबार जिल्ला बाल कल्याण समितिले संस्थाको जिम्मा लगाएको छ । आइतबार दिउँसो दमौली बजारको भोर्लेटार चोकमा भेटिएका ११ वर्षिय सुजन राई १० वर्षिय विशाल गुरुङ र ९ वर्षीय सागर मगरलाई बाल कल्याण समितिले सेवा नेपालका प्रतिनिधीलाई जिम्मा लगाएका हुन् ।
काठमाण्डौका बाल सुधार गृहमा बस्ने भनेर आफूहरु भागेर हिडेको सुजन राईले बताए । 'काठमाण्डौमा बस्न जाने भनेर हिडेका हौ' उनले भने, 'दमौलीमा नै पुलिसले समात्यो ।' गस्तीको क्रममा प्रहरी भोर्लेटार चोकमा भेटाएका बालबालिका आइतबार नै बाल कल्याण समितिलाई जिम्मा लगाएको हो ।
बालकसंग सोधपुछ पछि सेवा नेपाललाई खबर गरि उनीहरुको जिम्मा लगाको बाल अधिकार अधिकृत सरिता कार्कीले बताइन् । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेल र प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले संस्थाका बाल प्रशिक्षक राम जिसी र विवेक पौडेललाई बालक जिम्मा लगाएका हुन् ।
0 comments
Write Down Your Responses