९ महिनामा १४ लाख राजश्व
इतनहुँ संवाददाता
तनहुँ बैशाख ४
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले यस आर्थिक वर्षमा १४ लाख भन्दा बढि राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०६८/०६९को ९ महिनाको अवधीमा ट्राफिक प्रहरीले १४ लाख ६८ हजार ४ सय रुपैया राजश्व संकलन गरेको ट्राफिक प्रहरी सहायक निरिक्षक प्रविन आचार्यले बताए ।
चैत्र महिनामा मात्र ट्राफिक प्रहरीले २ लाख ५६ हजार राजश्व संकलन गरेको आचार्यले बताए । 'राजमार्गमा कडाईका साथ चेकिङ गरेकाले राजश्व बृद्धि भएको हो' उनले भने 'यो हालसम्मकै सबै भन्दा बढि राजश्व संकलन भएको हो ।' २०५९ सालदेखी तनहुँमा ट्राफिक प्रहरीको स्थापना भएपनि अघिल्ला कुनै पनि वर्षमा यति ठूलो परिमाणमा राजश्व संकलन नभएको ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यस आर्थिक वर्षको साउनदेखी चैत मसान्त सम्म जिल्लामा भएका ८६ दुर्घटनामा परि ३५ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा १२४ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा पुरुषको संख्या बढि रहेको छ । ९ महिनामा २८ पुरुष ३ महिला र ४ बालबालिकाले सडक दुर्घटनामा ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालय तनहूँका प्रमुख प्रहरी नायव निरिक्षक भेषराज रेग्मीले बताए ।ट्राफिक प्रहरीले पृथ्वी राजमार्गमा संकेत बोर्ड राखेका कारण पछिल्लो समय दुर्घटनामा कमी आएको रेग्मीले बताए ।
0 comments
Write Down Your Responses