दमौलीमा ‘मापसे’ चेकिङ
इ तनहुँ संवाददाता
तनहुँ, १४ वैशाख
ट्राफिक प्रहरीले बुधबार साँझ दमौलीमा मादक पदार्थ सेवन गरि सवारी चलाएको (मापसे) बारे चेकिङ गरेको छ । पृथ्वीराजमार्ग अन्तर्गतको दमौलीको भोर्लेटार चोकमा गरिएको उक्त मापसे चेकिङको क्रममा २ जना मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको भेटिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट आएका १३ जना ट्राफिक प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरीहरुले संयुक्तरुपमा सो अभियान सञ्चालन गरिएको थियो । काठमाडौं सहित देशका मुख्य सहरहरुमा प्रयोगमा आईसकेको ब्रेथलाईजरको माध्यमबाट दमौलीमा पहिलो पटक मापसे चेकिङ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भेषराज रेग्मीले बताए । काठमाडौंमा मापसे चेकिङको कारण रात्रीकालिन व्यवसाय धरापमा परेको भन्दै व्यवसायीहरुले असन्तुष्टि जनाएपनि सर्वसाधारण र विशेषगरी गृहिणीहरुले भने यो अभियान अत्यन्तै राम्रो भएको प्रतिक्रिया दिएका छन् । यसले दुर्घटनामा कमि ल्याउने विश्वास प्रहरीले गरेको छ । दमौलीमा पहिलो पटक गरिएको मापसे चेकिङलाई सर्वसाधारणले भने निकै उत्सकुकतापूर्वक हेरेका थिए । उनीहरुले यस अभियानलाई निरन्तरता दिनुपर्ने समेत बताए ।
मापसे चेकिङसँगै टूाफिक प्रहरीले लाइसेन्स र विलबुकको चेकिङलाई पनि कडाई गरेको छ । दमौलीमा गरिएको चेकिङको क्रममा अधिकांश मोटरसाइकलको पूरा कागजात नभएको भेटिएको थियो भने केही लाईसेन्स नपाएका बालबालिकाले पनि मोटरसाईकल चलाएको भेटिएको ट्राफिक प्रहरी प्रमुख रेग्मीले बताए । कागजात फेल भएका मोटरसाइकललाई जरिवाना समेत गरिएको थियो भने कागजात नभएका मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । चेकिङको क्रममा करिब १५ हजार राजस्व संकलन भएको रेग्मीले जानकारी दिए ।

0 comments
Write Down Your Responses