एमालेको अन्तरक्रिया सम्पन्न


इ तनहुँ संवाददाता
तनहुँ, माघ १५
नेकपा एमाले जिल्ला कमिटि तनहँुको आयोजनमा आईतबार जिल्ला कार्यालयमा संगठन सञ्चालनका समस्या र सामाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष केदार सिग्देलले जिल्लाको संगठनात्मक अवस्था, समस्या र समाधानका उपाय विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । 
कार्यक्रममा एमाले बैकल्पिक पोलिट्व्युरो सदस्य एवं गण्डकी अञ्चल इन्चार्ज खगराज अधिकारीले संगठनको कामलाई व्यवस्थितरुपमा अगाडी बढाउन निर्देशन दिए । कार्यक्रमा बैकल्पिक केन्द्रिय सदस्य टुकराज सिग्देल, गण्डकी अञ्चल समन्वय कमिटिका सचिव सोमनाथ अधिकारी प्यासी, अञ्चल संगठन कमिटिका प्रमुख मायानाथ अधिकारी, सचिव सिता गिरी लगायतले संगठन सुदृढिकरणको सम्बन्धमा मन्तव्य राखेका थिए । 
जिल्ला अध्यक्ष केदार सिग्देलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा क्षेत्र नम्बर ३ का अध्यक्ष रामचन्द्र उपाध्याय, जिल्ला सदस्यहरु श्रीराम कार्की, सिताराम सुर्खाली, ताराबहादुर थापा लगायतले कार्यपत्र माथी सुझाव राखेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव कमिटी सचिव विद्या ढकालले गरेका थिए । कार्यक्रममा एमालेका जिल्ला कमिटि सदस्यहरु, जिल्ला सल्लाहाकारहरु, 
जनवर्गीय संगठनका केन्द्रिय सदस्यहरु, जिल्ला अध्यक्षहरु, क्षेत्रिय कमिटिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।


0 comments

Write Down Your Responses