एमालेले चियापान गर्ने
इ तनहुँ संवाददाता
दमौली, ६ वैशाख
नव वर्ष २०६९ को अवसरमा नेकपा एमाले व्यास नगर कमिटीको आयोजनामा यही वैशाख ७ गते बिहीबार एमाले जिल्ला कार्यालयमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ ।
सो चियापान कार्यक्रममा सहभागी हुन एमाले व्यास नगर कमिटीले जिल्ला सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, सञ्चारकर्मी, कृषक, मजदुर, विभिन्न पेशामा आबद्ध सबैलाई निमन्त्रणा गरिसकिएको एमाले नगर सचिव भुपेन्द्र कोइरालाले बताए ।
उनले विगतमा पनि नगर कमिटीले यस खालको कार्यक्रम गर्दै आएको र यस पटकको कार्यक्रम त्यसैको निरन्तरता र हालै सम्पन्न नगर अधिवेशनबाट निर्वाचित नगर कमिटीका पदाधिकारीहरुको परिचयात्मक कार्यक्रम पनि हुने भएकोले आयोजना गरिएको बताए ।

0 comments
Write Down Your Responses