पोलियो थोपा खुवाइने

इ तनहुँ संवाददाता
तनहुँ, १५ वैशाख
 
बालबालिकालाई पोलियो खुवाउन आग्रह गर्दै रोटरी क्लवले शुक्रबार निकालेको र्याली ।     

    विश्व पोलियो खोप दिवसको अवसरमा शनिबार विश्वभर जन्मेदेखी पाँच वर्षसम्मका बालबालिकालाई पोलियो थोपा खुवाईने भएको छ । विश्ववाटै पोलियो रोग उन्मुलन गर्ने अभियान अन्तर्गत पोलियो थोपा खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
    अभियान सफल पार्न जिल्लामा ४ सय ६२ खोप केन्द्र तोकिएको छ भने ९ सय २४ स्वयंसेवकहरु परिचाचित गरिने जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत शंकरबावु अधिकारीले बताए । जिल्लामा ४७ हजार बालबालिकालाई पोलियो थोपा खुवाईने छ । पोलियो थोपा अभियान सफल पार्न रोटरी क्लव तनहुँले शुक्रबार दमौलीमा आफ्ना बालबालिकालाई पोलियो थोपा खुवाउन अभिभावकहरुलाई आग्रह समेत गरेको छ ।

0 comments

Write Down Your Responses