दुलेगौंडालाई खुला दिसामुक्त घोषणा गरिने
इ तनहुँ संवाददाता
तनहुँ, १३ वैशाख
तनहुँको दुलेगौंडा गाविसलाई आज खुला दिसामुक्त घोषणा गरिने भएको छ । गाविसमा रहेका २ हजार ८ सय १७ घरधुरीमा शौचालय निर्माण भएपछि दुलेगौंडालाई खुला दिसामुक्त घोषणा गरिन लागेको हो । खुला दिसामुक्त अभियानको क्रममा ६ सय २३ र अभियानपूर्व २ हजार १ सय ९४ घरधुरीमा शौचालय निर्माण भएको जिल्ला विकास समितिका सामाजिक परिचालक श्रीराम खनालले बताए ।
गाविस कार्यालयमा आयोजित एक कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर सोमराज तिमिल्सिनाले गाविसलाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ । ‘तनहुँको प्रतिबद्धता सरसफाईमा पूर्णता’ भन्ने मूल नाराका साथ २०६९ असार मसान्तसम्ममा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न जिविस लागिपरेको छ । यसअघि तनहुँका २९ गाविस खुला दिसामुक्त घोषणा भैसकेका छन् ।
वैशाख २० गते ढोरफिर्दी, वैशाख २७ गते तनहुँसुर र भीमाद, ३१ गते रिसिङरानीपोखरी गाविसलाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ । ढोरफिर्दी गाविसमा २ हजार ७ सय ९८ घरधुरीमा अभियानका क्रममा १ हजार ३ सय १८ र अभियानपूर्व १ हजार ४ सय ८० घरधुरीमा शौचालय निर्माण भएको खनालले जानकारी दिए ।
तनहुँसुर गाविसमा ६ सय ८६ घरधुरीमा अभियानका क्रममा ४ सय ११ र अभियानपूर्व २ सय ७५ घरधुरीमा शौचालय निर्माण भएको छ । त्यस्तै भीमादमा १ हजार ३ सय ३३ घरधुरीमा अभियानका क्रममा ३ सय ६३ र अभियानपूर्व ९ सय ७० घरधुरीमा शौचालय बनेको छ । त्यस्तै रिसिङरानीपोखरी गाविसमा ८ सय २८ घरधुरीमा अभियानका क्रममा ५ सय ४४ र अभियानपूर्व २ सय ८४ घरधुरीमा शौचालय बनेको खनालले बताए ।

0 comments
Write Down Your Responses