क्याम्पमा चार मोटरसाइकल साटफेर

इ तनहुँ संवाददाता
तनहुँ, १४ वैशाख
 

    दमौलीमा सञ्चालित यामाहा सुपर एक्सचेन्ज क्याम्पमा चार मोटरसाइकल साटफेर भएका छन् । दमौलीस्थित मोर्डन अटो वक्सले सञ्चालन गरेको क्याम्पमा एफजेडआर र एफजेडएस २÷२ वटा साटिएका हुन् ।
    एफजेडआर मोटरसाइकल खरिदमा ७ हजार र एफजेडएस बाइकमा ८ हजार छुट दिइएको वक्र्सका सञ्चालक बसन्त गिरीले बताए । उनका अनुसार अन्य मोटरसाइकल खरिदमा भने ५ हजार छुट दिइएको छ । १५ गतेसम्म चल्ने क्याम्पमा २ वटा मोटरसाइकल बुकिङ्ग भएको उनले बताए । दमौली बजारमा यामाहाको बजार राम्रो रहेको गिरीले बताए ।

0 comments

Write Down Your Responses