सामुदायिक अस्पताललाई यूएईबाट साढे दुई लाखभन्दा वढि सहयोग
खेमनाथ पौडेल
अवुधावी । आफ्नो लागि मात्र होईन समाजको
लागि पनि केहि गरौ भन्ने उद्देश्यले यूएईमा रहेका नेपालीहरुले तनहुँको
दुर्गम गाँउमा बनेको एक सामुदायिक अस्पताललाई करिव २ लाख ६० हजार नेपाली
रुपैयाँ सहयोग प्रदान गरेका छन् । विभिन्न समयमा नेपालमा आईपरेका
प्राकृतिक प्रकोपमा पनि सहयोग जुटाउँदै आएको नागरिक सेवा समाज युएईले उक्त
रकम जुटाउन पहल गरेको थियो ।
खाडीमा रहेका नेपालीहरुले वेला वेलामा
देश विकासको लागि स्वास्थ्य, शिक्षा जस्ता महत्वपूर्ण क्षेत्र लगायत अन्य
क्षेत्रमा पनि आफूले कमाएको सानो रकम जम्मा गरी सहयोग गरिरहेका छन् ।
रोजगारीको शिलशिलामा नेपालका विभिन्न क्षेत्रबाट यूएईमा आएका विषेश गरेर
तनहुँ, स्याङ्गजा, कास्कीका नेपालीहरुले फूलवारी सामुदायिक अस्पताललाई
सहयोग रकम प्रदान गरेको नागरीक समाज यूएईका अध्यक्ष हिराला श्रेष्ठले
बताउनु भयो । उक्त रकम संकलन गर्न नागरिक सेवा समाज यूएईका सदस्य दुर्लव
थापा तथा देव कुमार थापाले विषेश सहयोग गरेका थिए ।
तनहुँ जिल्लाको ढोरफिर्दी गा.वि.स र
राईपुर गा.वि.स साथै तनहुँ र स्याङ्गजा जिल्लाका फिरफिरे, किचानस,
सल्दाडा, चिसापानी लगायत तिनै वरपरका गाउँका बासिन्दालाई प्रत्यक्ष
स्वास्थ्य लाभ पुग्ने गरी गत फागुन २७ गते जर्मन राजदूतको उपस्थितमा
फुलवारी सामुदायिक अस्पताल उद्धघाटन गरिएको थियो । फूलवारी नेपाल जर्मनीको
आर्थिक सहयोग एवं फूलवारी सेवा केन्द्र ढोरफिर्दी ४ तनहुँद्धारा सञ्चालित
करिव २० रोपनी छेत्रफलमा १८ कोठामा १५ सैयाको सुविदायुक्त भवन निर्माण
भएको छ ।
ढोरफिर्दी ४ भक्कल निवासी फूलवारी नेपाल
जर्मनीका टंक पौडेलको सक्रियतामा उक्त अस्पतालकोलागि विभिन्न स्थानबाट
सहयोग जुटेको थियो । यूएईबाट भने नागरीक सेवा समाज यूएईको पहलमा यूएईमा
रहेका नेपालीहरुका तर्फबाट करिव दुई लाख साठ्ठी हजार संकलन गरी रकम
हस्तान्तरण गरिएको थियो । अस्पताल उद्दघाटन समारोहमा नेपालबाटै नागरिक
सेवा समाजका प्रतिनिधी केन्दि्रय सदस्य कला श्रेष्ठको रोहवरमा संस्थाका
संस्थापक उपाध्यक्ष टंक पौडेललाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।
सहयोगी दाताहरुको नाममा प्रशंसा पत्र सहित सम्मानित गर्दै समग्रमा
संस्थाको कामको उच्चा मुल्यांकन गर्दै संस्थाको नाममा फूलवारी सामुदायिक
सेवा समाजले प्रसंसा पत्र दिईएको थियो ।
0 comments
Write Down Your Responses