भलिबलको उपाधी शिलादेवी 'ए' लाई


इ तनहुँ संवाददाता
तनहुँ चैत्र २०
खैरेनीटार महोत्सव अन्र्तगत आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधी शिलादेवी 'ए' ले हात पारेको छ । प्रतियोगितामा भानुमती युवा क्लवले दोश्रो स्थान हासिल गरेको छ । सोमबार भएको खेलमा भानुमती युवा क्ल्वलाई हराउँदै शिलादेवी 'ए'ले भलिबल प्रतियोगिताको उपाधी पाएको हो ।
प्रतियोगिताको विजयी टोलीलाई सोमबार महोत्सव समापनका अवसरमा प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष चण्डीराज ढकालले पुरस्कार वितरण गरे । प्रतियोगितामा प्रथम र द्धितीय स्थान हासिल गरेको समुहलाई क्रमशः ३० हजार २० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको खेलकुद व्यवस्थापन उपसमितिका संयोजक महादेव गुरुङले बताए । प्रतियोगितामा जिल्लाका १६ टिमको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses